आजदेखि तमू ह्युल छोँज धींको चौथो राष्ट्रिय महाधिवेशन चितवनमा शुरु हुँदै
तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुदै छ । आज र भोली दुई दिनसम्म चल्ने महाधिवेशन चितवनको भरतपुर स्थित सिएमटी रिसोर्ट हाकिम चोकमा हुदैछ ।
परिषद्ले दिएको जानकारी अनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ भने महाधिवेशनको समुद्घाटन गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान तमूले गर्नेछ । महाधिवेशनका लागि जिल्ला जिल्लाबाट आउने प्रतिनिधिहरु धेरै जसो आईसकेको र कतिपय आउने क्रम जारी रहेको छ।
महाधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय अध्यक्ष रेशम तमूको संयोजकत्वमा २ सय ३१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । साथै चितवनका अध्यक्ष गणेशबहादुर तमूको संयोजकत्वमा १ सय ५१ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।
महाधिवेशनमा संगठन विस्तार भएका देशभरका ६५ जिल्लाबाट एक हजार प्रतिनिधिहरू सहभागी हुने अध्यक्ष रेशम तमूले जानकारी दिनुभयो ।
महाधिवेशनको मुल नारा ‘तमुवान स्वयत्तता, हाम्रो साझा प्रतिबद्धता’ भन्ने रहेको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । २८ सदस्यीय सचिवालय र ७७ सदस्यीय संघिय समिति गठन गर्दै महाधिवेशन सम्पन्न हुने परिषद्ले जनाएको छ ।
तमू जातीको भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्नका साथै आफ्नो समुदायको हक, हित र अधिकारका लागि गठन गरिएको तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद् विशुद्ध जातीय संगठन हो ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09