ताजा खबर

आफू गम्भीर विरामी भएको प्रधानमन्त्री केपी ओलीद्धारा नेपाल कम्युनिस्ट पार्टीलाई जानकारी

   १६ कार्तिक २०७६, शनिबार १४:३३      1,099 views

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू गम्भीर विरामी भएको बताएका छन् ।

शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे ब्रिफिङ गरेका हुन् ।

मिर्गौलाले राम्रोसँग काम नगरेको र फोक्सोमा पानी जम्मा भएकाले ग्राण्डी अस्पतालमा गएर दुई पटक डायलासिस गराएको प्रधानमन्त्रीले जानकारी दिए ।

अब आज वा भोलि फेरि अर्को पटक डायलासिस गर्ने तयारी रहेको उनले बताए । प्रधानमन्त्री ओलीले आफ्नो उपचारमा अबको विकल्प नियमित डायलासिस र प्रत्यारोपण मात्र भएको समेत पार्टीका नेताहरुलाई ब्रिफिङ गरेका छन् । ‘केही रिपोर्ट आउन बाँकी छ, त्यसपछि डाक्टरहरुले फाइनल गर्छन्’ उनले भने।

बैठकपछि सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने प्रधानमन्त्रीले स्वास्थ्य गम्भीर भएर आफू सिस्कित भएको नभई केही समस्या देखिएकाले चकित्सकहरुले परीक्षण गरिरहेको जानकारी गराएको बताए ।

उनले भने, ‘केही रिपोर्ट प्राप्त भएपछि थप केही गर्नुपर्ने भयो भने निर्णय होला । अहिले भने ग्राण्डीमा डायलासिस भयो र अहिले उहाँ सामान्य अवस्थामा हुनुहुन्छ ।’

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284