
आयोजक पसगाउँ ठाँटी मा.वि.लाई मा.वि. स्तरीय छात्र फुटबल प्रतियोगिताको उपाधि
लमजुङको क्व्होलासोंथार गाउँपालिका वडा नं. ६ पसगाउँमा रहेको पसगाउँ ठाँटी मा.वि.ले आयोजना गरेको छात्र फुटबल प्रतियोगिताको उपाधी आयोजक ठाँटी मा.वि.ले हात पारेको छ ।

फाइनल खेलमा हिमालय मा.वि. सिङदीलाई ५–० गोल अन्तरले आयोजकले उपाधी आफनो कब्जामा पार्न सफल भएको हो विद्यालयका शिक्षक सोविन बरालले जानकारी दिनुभयो ।
प्रतियोगितमामा उत्कृष्ट किपरको उपाधी पसगाउँ ठाँटी मा.वि.का कुलप्रसाद सार्कीले जित्नुभएको छ भने सर्वाधिक गोलकर्ता पसगाउँ ठाँटी मा.वि.कै अशोक वि.क. र सुजल घर्ती बन्नु भएको छ दुवै जना खेलाडीले प्रतियोगिता अवधीभर क्रमशः ३ गोल र ७ गोल गर्नुभएको थियो ।
यस्तै अनुशासित टिम सुर्यदय मा.वि. घाम्राङ र उत्कृष्ट खेलाडी पसगाउँ ठाँटी मा.वि.का अशोक वि.क. बन्नु भएको छ । यस्तै उत्कृष्ट फर्वाड मिलन गुरुङ हिमालय मा.वि. सिङदी, उत्कृष्ट मिडफिल्डर विपिन गुरुङ पसगाउँ ठाँटी मा.वि. बन्नु भएको छ ।
यस्तै उकृष्ट डिफेन्स समिर गुरुङ पसगाउँ ठाँटी मा.वि. र म्यान अफ द म्याच सुजल घर्ती पसगाउँ ठाँटी मा.वि.ले बन्नुभएको छ ।

बिजेता टिम र खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि क्व्होलासोंथार गाउँपालिका वडा नं ६ पसगाउँका वडा अध्यक्ष मनलाल गुरुङले पुरस्कार वितरण गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्र.अ.रतनसिं गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो भने विद्यालयका खेल संयोजक सोविन बरालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
प्रतियोगितामा क्व्होलासोंथार गाउँपालिकामा रहेको मा.वि. स्तरीय ६ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ हजार ट्रफी र प्रमाणपत्र, द्धितिय हुने टिमले नगद १० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
उस्तै खबर





Good https://is.gd/N1ikS2
Written by Brayden4093 2025-04-30 19:12:25