ताजा खबर

‘इमानसिंह सुनकुमारी फाउण्डेशन’ द्धारा समाजसेवी लक्ष्मी गुरुङ सम्मानित

   २ माघ २०८०, मंगलवार १५:१५      906 views

पोखरा
याङ्जाकोट तमू समाज महिला समितिकी निवर्तमान अध्यक्ष समाजसेवी लक्ष्मी गुरुङ ‘इमानसिंह सुनकुमारी फाउण्डेशन’ बाट सम्मानित हुनु भएको छ ।

जीवनको लामो समय समाजसेवामा बिताउनु भएकी समाजसेवी गुरुङलाई क्होला परिवार याङ्जाकोटको वार्षिक भेटघाट तथा स्योकै कार्यक्रमको अवसरमा नगद २० हजार र सम्मानपत्रद्धारा सम्मान गरिएको हो ।
सोही कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका ८५ वर्षिय गुरुङलाई प्रतिष्ठानले उत्कृष्ट समाजसेवीको रुपमा सम्मान गरेको हो ।

कास्कीको मादी गाउँपालिका वडा नं. १० भाचोक माइती घर भई मादी ३ याङ्जाकोट निवासी इमानसिंह गुरुङसँग विवाह गर्नुभएका समाजसेवी सुनकुमारी गुरुङ र उहाँको श्रीमानको नाममा स्थापना भएको प्रतिष्ठानले विगत केही वर्षदेखि शिक्षा र सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।

आफनो जीवनको अधिकांश समय समाजसेवामा बिताउनु भएका सुनकुमारी गुरुङले भाचोक, याङ्जाकोट, पोखरा लगायत विभिन्न ठाउँहरुमा थुप्रै पाटी पौवा, चौतारी, धर्मशाला, धारा आदि निर्माण गर्नुभएको छ । भने याङ्जाकोट पोखरा क्रोम्छै रिं च्हमीसँगको सहकार्यमा उहाँले तमू प्ये ल्हु संघ केन्द्रीय कार्यालय शक्तिघाटमा सार्वजानिक शौचालय समेत निर्माण गर्नु भएको छ ।

प्रतिष्ठानले पहिलो पुरस्कार गतवर्ष पनि क्होला परिवारको वार्षिक भेटघाटका अवसरमा क्होला परिवार याङ्जाकोटका सचिव डमर क्रेम्छैं तमूलाई नगद २० हजार सहित सम्मान गरेको थियो ।

यस बाहेक फाउण्डेशनले प्रत्येक वर्ष याङ्जाकोटमा रहेको सिताराम माध्यमिक विद्यालयमा अध्ययनरत दुई जना दलित, दुई जना गैर दलित तथा एक जना विद्यालय टप गर्ने विद्यार्थी गरी ५ जना जेहेन्दार विद्यार्थीलाई जनही नगद ५ हजार छात्रवृत्ति स्वरुप प्रदान गर्दै आएको इमानसिंह सुनकुमारी फाउण्डेशनका संरक्षक हिरासिंह गुरुङले जानकारी दिनुभयो ।

आफनो जीवनको लामो समय सेवामा समर्पण गर्नुभएका सुनकुमारी गुरुङको गत वर्ष चैत्र ४ गते ९६ वर्षको उमेर निधन भएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284