ताजा खबर

उत्तर भारतको आगरा शहर र पोखराबीच सिधा बस सेवा संचालनको माग

   १८ असार २०७६, बुधबार ०८:५७      1,663 views

उत्तर भारतको पर्यटकीय शहर आगराका व्यवसायीले सो शहर र पोखरा विच सिधा बस सेवा संचालनको सुझाव राख्दै त्यस्तो सेवा भए भारतीय नागरिकलाई पोखरा पुग्न सहज हुने भनाई राखेका छन् ।

बोर्डर टाउन सेल्स मिसन अन्तर्गत चलिए पोखरा अभियान पुनः सुरु गर्न पश्चिमाञ्चल होटल संघ पोखराको अगुवाईमा आगरा आइपुगेको होटलकर्मीको टोलीसँग आगराका व्यवसायीले पोखरा पुग्नका लागि कनेक्टिभिटीको सवाल अगाडि सारेका हुन् ।


संघले नेपाल पर्यटन बोर्डसँग मिलेर आगरामा मंगलबार साँझ आयोजना गरेको अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रममा नेपाल भारत मैत्री बस सेवा आगरा डिपोका प्रबन्धक अनिल कुमारले पोखरा दिल्ली सिधा बस सेवा संचालनरत भएजस्तै आगरालाई पनि त्यस्तो सेवामार्फत् पोखरासँग जोड्न जरुरी भएको भनाई राखे ।


यसैगरी साहसिक खेलमा रुचि भएकालाई पोखरा अत्यन्तै राम्रो गन्तव्य भएको भारतका पूर्वमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता रामसकल गुज्जरले बताएका छन् । उनले पोखरा गएकाबेला आफूले पनि धेरै साहसिक खेलमा सहभागी भएर मनोरञ्जन लिएको अनुभव सुनाए । भाजपा वरिष्ठ नेता गुज्जरले पोखरा सुन्दर र घुम्नलायक ठाउँ भएको बताएका हुन् । ‘पोखराको आफ्नै विशेषता छ । तपाईंहरु जानुभयो भने हरेक कुरामा इन्जोय गर्न सक्नुहुन्छ,’ उनले भने ।

गुज्जरले आगरादेखि पोखरा सीधा यातायात सुविधा मिले पर्यटक आउजाउ गर्न सजिलो हुने दाबी गरे ।

‘आगराका पर्यटकमात्रै पोखरा गएर हुँदैन । पोखराका पर्यटक पनि आगरा आउनुपर्छ । एक्सचेन्ज अफर चलाएर दुवैले आआफ्नो क्षेत्रको विकासमा टेवा पु¥याउनुपर्छ,’ गुज्जरले भने, ‘त्यसका लागि आगरा टु पोखरा सीधा यातायात सुविधा सुरु भए सजिलो हुने थियो । म यता सरोकारवाला निकायसँग त्यसबारे कुरा राख्नेछु ।’

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले अहिले उत्तर भारतमा चर्को गर्मी भएको भन्दै आनन्ददायी मौसममा रमाउनका लागि पोखरा आउन भारतीयलाई आग्रह गरे । भारतीय पर्यटकलाई लक्षित गरी विभिन्न प्याकेजहरु समेत आफूहरुले व्यवस्था गरेको उनले सुनाए । हनिमुन प्याकेज, मनसुन प्याकेज, धार्मिक तिर्थयात्रा प्याकेज, शैक्षिक भ्रमण प्याकेज र माइस(मिटिङ, इन्सेन्टिभ्स र कन्फरेन्स) प्याकेज जस्ता सुविधाहरु भारतीय पर्यटकका लागि व्यवस्था गरिएको उनले सो अवसरमा जानकारी दिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284