
उदार दिल र इमान्दारीतापूर्वक समाजसेवा गर्छन : जुमकाजी गुरुङ
रोशनी गुरुङ
तमू धीं युकेका उपाध्यक्ष जुमकाजी गुरुङ सामाजिक कामका लागि बेलायतमा स्थापित नाम हो ।
तमू धीं युकेको स्थापनाकालदेखि विभिन्न इकाई हुँदै केन्द्रिय समितिमा समेत विभिन्न जिम्मेवारी सफलता पूर्वक सम्पन्न गर्दै हाल उहाँ उपाध्यक्ष पदमा रहेर काम गरिरहनु भएको छ ।

अघिल्लो कार्यकालमा उहाँले धींको कोषाध्यक्ष पदमा रहदा सफलता पूर्वक अर्थ संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गरि नेपालमा भूकम्प पिडितलाई सहयोग गर्ने हेतुले नेपाल सरकारको आपतकालीन राहात कोषमा १ करोड रकम सहयोग गरेको थियो भने धादिङको रुवीभ्याली गाउँपालिका ६ खादिङमा करिब ५५ लाखको लागतमा पाहार ट्रष्ट नेपालसँगको सहकार्यमा विद्यालय भवन निर्माण सम्पन्न गरेको थियो ।
अहिले तमू धीं युकेमा उपाध्यक्ष रहनु भएका उहाँ आफनो जिम्मेवारी अनुसारको भूमिका निर्वाह गर्ने काममा तल्लिन हुनुहुन्छ ।

हालै नेपालमा घर विदामा आउदा उहाँलाई मैले तमू धीं युकेको भावी योजना लगायत सामाजिक जीवनका विभिन्न आयामहरुका विषयमा मादी न्युज डटकमको लागि छोटो कुराकानी गरेकी थिए ।
अहिले तमू धीं युकेको टिम आफनो नयाँ घर बनाउने योजनाका साथ रकम संकलनको लागि दौडधुप गरिरहेका छन् ।
यसमा पनि उहाँको भूमिका विशेष रहेको छ । त्यस भन्दा बाहेक तमू धींले वर्षेनी रुपमा सञ्चालन गर्ने महत्वपूर्ण कार्यक्रमहरु नेपाली मेला, गोर्खा कप र ल्होसारलाई सफल बनाउने काममा तमू धीं युकेको टिम अहोरात्र खटि रहेको हुन्छ ।
अहिले उहाँहरु तमू धीं युकेको आजीवन सदस्य बढाउने, संस्थामा आर्थिक वृद्धिको लागि विभिन्न कदम अगाडी चाल्ने लगायतको काममा सक्रियता पूर्वक अघि बढेको उहाँले बताउनु भयो ।
पर्वतको मोदी गाउँपालिका वडा नं. १ ताङलेमा बाबा सुनार गुरुङ र आमा मनसुब्बा गुरुङको कोखबाट जन्मिनु भएका जुमकाजी गुरुङको बाल्यकाल भने पोखरामा बितेको हो ।
पोखराको अमरसिंह मा.वि.मा अध्ययनरत रहदाकै बखत उहाँ बेलायती सेनामा भर्ति भएर बेलायत पुग्नु भएको थियो ।

सन् १९९७ सालमा १८ वर्षे सैनिक जागिरबाट अवकास लिएपछि पनि उहाँ परिवार सहित बेलायतमै बस्दै आउनु भएको छ ।
त्यसयता विभिन्न सामाजिक काममा आफूलाई सक्रिया बनाउदै आउनु भएका जुमकाजी गुरुङ वर्षेनी नेपाल आउनु हुन्छ अनि यहाँका आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुको पठनपाठनमा पनि त्यतिकै सहयोग गर्नुहुन्छ ।
तमू साँस्कृतिक प्रतिष्ठान नेपालमा उहाँले आफनो र श्रीमती कमला गुरुङको नामबाट जुमकाजी /कमला अक्षयकोष स्थापना गरि नेपालका ग्रामिण भेगमा रहेका गरिब तथा जेहेन्दार तमू विद्यार्थीहरुलाई अध्ययनमा सहयोग गर्दै आउनुभएको छ ।
त्यसभन्दा बाहेक उहाँको परिवारले नीजि रुपमा पनि कमजोर अवस्था भएका बालबालिकाहरुलाई उनीहरुको पठनपाठनमा सहयोग गर्दै आएको छ ।

रामबजार सोसाइटी युकेको निर्वतमान अध्यक्ष तथा तमू संसार पत्रिकाको युके सल्लाहकार समेत रहनु भएका गुरुङ उदार दिलले सामाजिक काम गर्ने तथा विपतमा परेकाहरुलाई सहयोग गर्ने सहयोगीहरु मध्ये अग्रणी स्थानमा पर्नुहुन्छ ।
निकट भविष्यमा जुमकाजी/कमला अक्षयकोष मार्फत अनाथ बालबालिकालाई थप सहयोग गर्दै जाने उहाँको योजना छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26