
उद्घोषण प्रशिक्षणमा तमु आमाहरु उत्साहित
तमु धिं नेपाल केन्द्रिय आमा समितिकद्धारा तमु आमाहरुको क्षमता विकासका लागि आयोजित तीन दिने उद्घोषण कार्यक्रमको दोश्रो दिन प्रशिक्षकहरु हुमबहादुर तमु र सरस्वती तमुले प्रशिक्षण दिनुभयो।

पोखरा महानगरपालिका वडा नं.९ को सहयोगमा महिला सशक्तीकरण एवं नेतृत्व विकासका लागि सञ्चालित तालिममा प्रभावकारी उद्घोषणका बारेमा प्रशिक्षकहरुले सैद्धान्तिक ज्ञान र अभ्यास गराउनुभएको थियो।
तालिमका सहभागीहरु पैयुँखोला तमु समाजकी मीना तमु, याङजाकोट तमु समाजकी रोशनी तमु, मिलीजुली विजयपुर तमु समाजकी बाला तमु, तमु सेवा समिति नयाँबजारकी जगनकुमारी तमु, जोगीमणी तमु समाजकी पुनम तमु र सिमपानी तमु समाजकी बिष्णु तमुले पहिलो दिनको कार्यक्रमको कार्यप्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

राष्ट्रिय कलाकार समेत रहनुभएकी चिउली पाचे तमु समाजकी शान्ति तमुले स्टेजमा धेरै गीत गाए पनि बोल्ने अभ्यास नभएकाले माइकमा बोल्ने डर यस तालिमबाट हट्दै गएको भन्नुहुदै गीत गाउनुभएको थियो भने कोल्मा बहाकोटकी गीता तमुले समेत गीत गाएर सहभागीहरुलाई मनोरञ्जन दिलाउनुभएको थियो।
घर परिवारको असल व्यवस्थापक, नेतृत्वकर्ता एवं समाजको कार्यकर्ताको रुपमा लामो समय योगदान दिदै आए पनि पहिलो पटक स्टेजबाट माइकमा बोल्ने अवसरमा पाएको अधिकांश सहभागी आमाहरुको भनार्ई थियो।
सहभागीहरुले दोश्रो दिनमा नै आफै कार्यक्रम संचालनको अभ्यास समेत शुरु गर्दा आफूहरु तालिमका लागि थप प्रोत्साहित भएको अनुभव सुनाएका थिए। अवसर पाए समाज मात्रै होइन देशै हाँक्न सक्ने इच्छाशक्ति आमाहरुमा रहेको बताएका थिए। सहभागीहरुले तालिम अब समाज समाजमा गर्नुपर्ने सुझाव समेत दिएका थिए।
प्रशिक्षणमा विभिन्न क्षेत्रीय समाजका प्रतिनीधित्व गर्दै ३५ जना आमाहरुको सहभागीता रहेको छ।

तमु धिं नेपाल केन्द्रीय आमा समितिले प्रत्येक महिनाको १० गते क्षमता अभिवृद्धि, नेतृत्व विकास, स्वरोजगार, उद्यमशीलता, प्रवचन लगायतका कार्यक्रम गर्दै आउने क्रममा यस महिना तीनदिने उद्घोषण तालिम शुरु गरेको हो।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26