ताजा खबर

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका शिक्षकहरु नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश

   १९ कार्तिक २०८१, सोमबार २१:२३      436 views

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका शिक्षकहरु नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीमा प्रवेश गरेका छन् ।

गण्डकी प्रदेश समितिका उपाध्यक्ष तथा राष्ट्रिय माध्यमिक विद्यालय पोखरा-१, बगरका सहायक प्रधानाध्यापक नारायण चापागाईँ, सूर्य तिवारी र वेद प्रसाद वस्ती लगायतका  शिक्षक सङ्गठनको आजीवन सदस्यता ग्रहण गर्दै नेराशिसं प्रवेश गरेका हुन् ।

प्रमुख अतिथि राष्ट्रिय समितिका सचिव रामप्रसाद पोख्रेलले नवप्रवेशी शिक्षकहरुलाई आजीवन सदस्यता प्रदान गर्दै शिक्षकको माउ संगठन नेराशिसंमा आबद्ध भइ शिक्षकको जिम्मेवारीसहितको पेसागत हकहितमा आवाज उठाउन आग्रह गर्दै स्वागत, बधाई र शुभकामना दिए । साथै अन्य शिक्षक साथीहरूलाई पनि नेपाल राष्ट्रिय शिक्षक संगठनमा समाहित गर्ने कार्यक्रम रहेको र छलफल चलिरहेको बताए । 

कार्यक्रममा गण्डकी प्रदेश समितिका अध्यक्ष रोमहर्षण पौडेलले कार्यक्रमको अौचित्य बताउँदै संगठन विस्तार अभियानको सुरुआत भएकोले यस कार्यमा सबैलाई लाग्न आग्रह गरे । 

सङ्गठन प्रवेश कार्यक्रममा नेराशिसं कास्कीका अध्यक्ष तिर्थराज ढकालले शिक्षकहरुलाई स्वागत गर्दै नवप्रवेशी शिक्षकहरुलाई उचित स्थानमा समायोजन गरी संगठन मजबुत बनाउने कार्यमा लाग्ने बताए।

कार्यक्रममा  नेकपा एमाले सल्लाहकार परिषद् सदस्य देवी सुवेदी, नेकपा एमाले केन्द्रीय समिति सदस्य राजिव पहारी, नेकपा एमाले कास्की जिल्ला पार्टी अध्यक्ष बैन बहादुर क्षेत्री, प्रगतिशील प्राध्यापक सङ्गठन गण्डकी प्रदेश समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारी,राष्ट्रिय जनसांस्कृतिक महासंघ राष्ट्रिय समितिका सदस्य ओम गौचन, हिस्टुनका केन्द्रीय महासचिव शंकर तिवारी, पेशागत महासंघ कास्कीका अध्यक्ष जगन्नाथ अधिकारी, शिक्षक महासंघ केन्द्रिय सदस्य लोचना अधिकारीलगायतका नेताहरुले नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको ऐतिहासिक योगदानको बारेमा चर्चा गर्दै नवप्रवेशी साथीहरुलाई उचित जिम्मेवारी सहित साङ्गठनीक जिम्मेवारी प्रदान गर्ने भनाई राखेका थिए । 

कार्यक्रममा प्रदेश समितिका कोषाध्यक्ष तथा शिक्षक महासंघ कास्की अध्यक्ष बोधराज पौडेल, प्रदेश समिति सदस्य, उमनाथ गौतम, बसन्धरा पौडेल, यामनाथ सुवेदी जिल्ला उपाध्यक्ष द्वय प्रदिप न्यौपाने, देवी केसी, कोषाध्यक्ष माधव पहारी, सहसचिव जुना थापा, पोखरा महानगर अध्यक्ष यामनारायण लामिछाने लगायतका शिक्षक नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति कास्कीका अध्यक्ष तिर्थराज ढकाल तथा सञ्चालन सचिव दामोदर तिमिल्सिना गरेका थिए। 

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

2 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284