ताजा खबर

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

   १ कार्तिक २०७६, शुक्रबार १४:०२      1,518 views

काठमाण्डौ – गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी हुनुभएको छ । अध्यक्षका प्रत्यासी कुल आचार्यलाई १ सय ३५ मतले हराउँदै पन्त एनआरएनएको नयाँ अध्यक्ष बन्नुभएको हो । 

पन्तले एक हजार ९४र आचार्यले नौ सय ५९ मत प्राप्त गर्नुभएको मतगणनामा संलग्न निर्वाचन समितिका सदस्यले जानकारी दिएका छन् । मतगणनाको औपचारिक घोषणा हुन भने अझै केही समय लाग्ने निर्वाचन समितिले जनाएको छ । 

यस्तै, उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा र बद्री केसी निर्वाचित हुनुभएको छ । चुनावमा दुई हजार तीन सय ४४ मत खसेको थियो । २५ सदस्यीय कार्यसमितिका लागि ७५ जनाले उमेदवारी दिएका थिए ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284