ताजा खबर

एनआरएन युकेद्धारा गण्डकी प्रदेश सरकारलाई २ थान अक्सिजन मेसिन सहयोग

   १८ श्रावण २०७७, आईतवार १८:३०      1,010 views

एनआरएन युकेले आज गण्डकी प्रदेश सरकारलाई दुई वटा अक्सिजन मेसिन सहयोग गरेको छ ।

कोभिड–१९ बाट नेपालमा थप महामारीको जोखिम बढदै गएपछि एनआरएन युकेले नेपालका ७ वटा प्रदेशलाई दुई थानका दरले १४ वटा मेसिन वितरण गरेको हो । कूल ११ लाख ७६ हजार बराबरको सामग्री युकेले नेपाल सरकारलाई प्रदान गरेको छ ।

जसमध्ये गण्डकी प्रदेशको भागमा परेको २ थान मेसिन आज गण्डकी प्रदेश सरकारको कार्यालयमा एक कार्यक्रमकाबीच एनआरएन युकेका प्रमुख संरक्षक मेजर डमर घले तथा युके प्रतिनिधीहरु चन्द्र गुरुङ, भीम गुरुङ लगायतको उपस्थितीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा बोल्दै एनआरएन युकेका प्रमुख संरक्षक मे.डमर घलेले एनआरएन युके विश्वभरी नै एनआरएनको सबै भन्दा धेरै सदस्यहरु भएको संस्था भएको भन्दै नेपाललाई विपत परेको बेला विगतदेखि नै आफूहरुले विभिन्न सहयोग उपलब्ध गराउदै आएको बताउनु भयो ।

अहिले कोरोनाको महामारीको बेला पनि यसले आफनो सहयोगलाई निरन्तरता दिएको उहाँको भनाई छ ।

साथै उहाँले युकेमा रहेर सबै सामग्रीहरु र कार्यक्रमको व्यवस्थापन गर्ने एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङलाई धन्यवाद समेत दनुभयो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू गत वर्ष युके भ्रमणमा जाँदा एनआरएन युकेको गतिविधीलाई नजिकबाट नियालेको भन्दै नेपाल र नेपालीको लागि एनआरएन युकेले गरेको सहयोग बिर्सन नसकिने भन्दै सहयोगीप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रमको स्थानिय व्यवस्थापन तथा सामग्री आयातमा पोखराका समाजसेवी अशोक पालिखेले सहयोग गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284