
एनआरएन यूकेको चुनावमा कास्की याङजाकोटका जित रानाभाटको सचिव पदमा उम्मेदवारी
लण्डन । गैर आवासीय नेपाली संघ बेलायतको चुनाव नजिकिदै जाँदा आकांक्षीहरुले भट्टाभट उम्मेदवारी घोषणा गरेका छन् ।
यसबीचमा कास्कीको मादी गाउँपालिका वडा नं. ३ स्यागे (याङजाकोट) निवासी जित रानाभाटले एनआरएन यूकेको सचिव पदमा आफनो उम्मेदवारी घोषणा गरेका हुन् ।

मंगलबार साँझ गेसो हल प्लमस्टिडमा घोषणासभा आयोजना गर्दै अर्कराज तिम्सिनाले आइसिसी सदस्य, सुरोज मास्कले उपाध्यक्ष र जित रानाभाटले सचिव पदमा उम्मेदवारी घोषणा गरे ।
सचिवमा उम्मेदवारीको घोषणा गर्ने रानाभाट पनि वर्तमान कार्यसमितिमा सदस्य हुन् ।
उनले विद्यार्थी समन्वय विभागको संयोजकको जिम्मेवारी समेत सम्हालेका छन् । साउथ ईस्ट लण्डनका नेपालीहरुको साझा संस्थाका रुपमा रहेको रोयल ग्रिनविच नेपाली सोसाइटीका महासचिव पनि हुन् ।
उम्मेदवारहरुलाई शुभकामना दिन साउथ ईस्ट लण्डनस्थित विभिन्न संघसंस्था र समुदायका अगुवाहरु उल्लेख्य रुपमा उपस्थित थिए ।
एनआरएन यूके उपाध्यक्ष ललितकुमार न्यौपाने, एनआरएन आइसिसीका अनररी काउन्सिल सदस्य मोहन गुरुङ , पूर्व आइसिसी सदस्य विनोद ज्ञवाली, एनआरएन यूके सललाहकार एवम आइएनएस यूके अध्यक्ष ले. चन्द्रबहादुर गुरुङ, साउथ ईस्ट तमु धिंका पूर्व अध्यक्ष श्रीचन्द्र गुरुङ , आरजिएनएस अध्यक्ष हरिगोविन्द गुरुङ , पासा पुच साउथ ईस्टका पूर्व अध्यक्ष चुत्रबहादुर श्रेष्ठ लगायतका एनआरएन अभियन्ता र संघसंस्थाका प्रतिनिधिले उम्मेदवारहरुको सफलताको कामना गरेका थिए ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26