ताजा खबर

एसईई उतिर्ण तमू विद्यार्थीलाई बधाई तथा शैक्षिक परामर्श

   १९ असार २०७६, बिहीबार ०८:२०      1,547 views

माध्यमिक शिक्षा परीक्षा(एसईई) उतिर्ण तमु विद्यार्थीहरुलाई तमु धिं नेपाल र तमु मै ताँले बुधवार हार्दिक बधाई तथा उच्च शिक्षा सम्बन्धी परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा लिटिलस्टेप मावि, टप्स मावि, माउण्ट अन्नपुर्ण मावि, मेरीगोल्ड मावि र पोखरा इञ्जिनियरिङ कलेजको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गनुहुदै प्रमुख अतिथी पोखरा महानगरपालिका शैक्षिक प्रसासन महाशाखा प्रमुख, उपसचिव गंगाबहादुर गुरुङले एसईई उतिर्ण तमु विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै उचित अवस्थामा परामर्शको जरुरी रहने भएकाले तमु धिं नेपाल र तमु मै ताँलाई धन्यवाद ज्ञापन गर्नुभयो। किशोरावस्थाका विद्यार्थीहरु लहै लहैमा लाग्न सक्ने भएकाले आवाश्यक परामर्श, उचित शैक्षिक मार्गनिर्देशनले मात्र शैक्षिक भविष्य सफल हुने उहाँको भनाई थियो ।

परामर्शको अभावले कति विद्यार्थीहरु अन्यौलतामा पर्ने गरेको उहाँको भनाई थियो। नेपालमै अध्ययन गरेर सेवाका साथै राम्रै कमाई गर्न सकिने भएकाले लाहुरे र विदेश मात्रै गन्तव्य बनाउन हुदैन भन्नुभयो। राज्यबाट पाउने छात्रवृतिहरु सुविधा उपभोग गर्दै उच्च शिक्षा अध्ययन गर्न विद्यार्थी र अभिभावकले समयमै ध्यान दिनुपर्ने सुझाव दिनुहुदै प्रसासनिक क्षेत्रमा प्रवेशका लागि लोकसेवा परिक्षाका लागि पनि विद्यार्थीहरुले सोंच बनाउनुपर्दछ उपसचिव गुरुङले भन्नुभयो। अबका तमुहरु प्रसासक बन्नुपर्दछ भन्नुहुदै उहाँले लोकसेवा आयोगको परिक्षाका लागि विद्यार्थीहरुले अग्रसर हुनुपर्दछ भन्नुभयो ।

प्रमुख अतिथि गुरुङले प्राविधीक विषय अध्ययन गर्ने हो भने पहिला आँखा परिक्षण गर्नुपर्ने सुझाव दिनुभयो। रहर वा करले प्राविधीक विषयमा भर्ना हुनु हुदैन रुचिको विषयमा उत्कृष्टता हासिल गरेर अवसरहरु प्राप्त हुने उहाँको भनाई थियो।


कार्यक्रममा विज्ञान विषयमा लिटिलस्टेपकी प्रिन्सिपल पम्फा गुरुङ, टप्स माविका संस्थापक प्रिन्सिपल रत्नमान गुरुङले व्यवस्थापन विषय, माउण्ट अन्नपुण माविका प्रिन्सिपल प्रदिप लम्सालले होटल मेनेजमेण्ट र ए लेभल, पोखरा इञ्जिनियरिङ कलेजका सुन्दर बसन्त तुलाचनले इञ्जिनियरीङ, मेरी गोल्ड माविका प्रिन्सिपलले मानविकी, तमु धिं नेपालकी सचिव अधिवक्ता जुनाकुमारी तमुले कानुन विषय के हुन, यी विषयहरुको आवाश्यकता र क्षेत्रका बारे लगायत अध्ययनमा ध्यान पुर्याउनुपर्ने बारेमा प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रम विद्यार्थीहरुको तर्फबाट सामुदायिक विद्यालय अन्नपुर्ण मावि सिक्लेसबाट ३.९ जिपिए प्राप्त गरेकी स्नेहा गुरुङले तमु धिं नेपाल र तमु मै ताँले उच्च शिक्षाको लागि परामर्श र विद्यार्थीहरुलाई प्रोत्साहन गर्न बधाई कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै उच्च शिक्षा हासिल गरी समुदायकै प्रतिष्ठा बढाउन आफुहरु परिश्रम गरी अध्ययन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रम एसईई उतिर्ण विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गंगाबहादुर गुरुङ र तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले खादा र सम्मानपत्रका साथ बधाई ज्ञापन गर्नुभएको थियो।

कार्यक्रममा लिटिलस्टेप मावि, टप्स मावि, पोखरा इञ्जिनियरिङ कलेज लगायतका विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुतिहरु गरी मनोरञ्जन दिलाएका थिए।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष हुमबहादुर गुरुङ, कार्यक्रमको बारेमा तमु मै ताँका सञ्चालक एवम शिक्षा शिक्षा शिक्षा अभियानका अभियन्ता युगबहादुर गुरुङले प्रष्टयाउनु भएको थियो भने कार्यक्रम संचालन तमु धिं नेपालकी सचिव अधिवक्ता जुनाकुमारी गुरुङ र महासचिव गिरीप्रसाद गुरुङले गर्नुभएको थियो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284