ताजा खबर

ए ङोल्स्यो म्हिथेबा गीतको कभर नृत्य प्रतियोगिताको उपाधी नादा तमू समाजलाई

   २२ जेष्ठ २०७६, बुधबार २२:३१      3,142 views

गायक केशबहादुर गुरुङको आवाजमा रहेको ए डोल्स्यो म्हि थेबा वचन तिजी पोमिनो बोलको गीतमा आवहान गरिएको कभर नृत्य प्रतियोगिताको उपाधी नादा तमू समाजले जितेको छ ।


कलाकारको प्रोत्साहन र गीत संगीतको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको सो प्रतियोगितामा करिब ८ वटा समुहले भाग लिएको थियो । सहभागी समुह मध्ये युटुबमा सबै भन्दा बढी पटक दर्शकले हेरेको आधारमा बिजेता समुहको घोषण गरिएको हो ।
बिजेता नादा समुहले ८४ हजार ८ सय मत पाएको थियो । उपाधीसँगै सो समाजले नगद रु.८० हजार तथा प्रसंशा पत्र प्राप्त गरेको छ ।

पुरस्कार आज एक भव्य समारोहका बीच नादा तमू समाज माटेपानी पोखरामा वितरण गरियो । नादा तमू समाजका अध्यक्ष आसपुर गुरुङ तथा कलाकारहरुलाई गुरुङ फिल्म एशोसियशन नेपाल जिफानका अध्यक्ष गिरीप्रसाद गुरुङ र म्याक्स डिजिटल टिभीका प्रबन्ध निर्देशक मनोज गुरुङले संयुक्त रुपमा प्रदान गर्नुभएको थियो ।


सो अवसरमा बोल्दै जिफानका अध्यक्ष गिरीप्रसाद गुरुङले गीतमा भविष्य खोज्दै संर्घष गरिरहेको कलाकार केशबहादुर गुरुङको यो जोश र जाँगरले गुरुङ गीत संगीतको इतिहासमा अर्को एउटा इटा थप्न मद्दत पुग्ने बताउनुभयो ।


यस्तै म्याक्स डिजिटल टिभीका प्रबन्ध निर्देशक मनोज गुरुङले आफू पनि गुरुङ चलचित्र र कलाकारहरुलाई नजिकबाट माया गर्ने शुभचिन्तक भएको भन्दै अब म्याक्स टिभीले गुरुङ चलचित्रले घरघरमा टिकट बेचेर हिडनुपर्ने बाध्यताको अन्त गर्दै छिटै गुरुङ चलचित्रको बजार प्रबद्र्धन र टिकट बिक्रीको काम समेत अनलाईन एप्स मार्फत गरिदिने व्यवस्था गर्न लागेको बताउनुभयो ।


कार्यक्रममा जिफानका सल्लाहकार एवम सबन मु चलचित्रका निर्देशक कृष्णकुमार गुरुङले पोखरामा सबन मु को पाँचौ पटकको प्रर्दशन असारमा महिनामा फेरि हुने भन्दै चलचित्र हेर्न छुटाउनुभएका दर्शकलाई एक पटक चलचित्र हेरिदिन आग्रह गर्नुभयो ।


साथै उहाँले सबन मु का सम्पूर्ण कलाकारहरुको तर्फबाट र गायकहरु मनोज गुरुङ, सरुन गुरुङ गायिकाहरु एलिना गुरुङ, देवी गुरुङ लगायतको तर्फबाट गायक केशबहादुर गुरुङलाई सम्मान स्वरुप फेटा र खादा लगाएर सम्मान गर्नुभएको थियो ।


यस्तै चलचित्र निर्देशक माओत्सेतुङ्ग गुरुङले गायक केशबहादुर गुरुङलाई बधाई तथा सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रममा नादा तमू समाजका कलाकारहरु, भुजुङ युम्पो तमू समाजका कलाकारहरु लगायतले विभिन्न नृत्य प्रस्तुत गरेका थिए भने गायक सरुन गुरुङ गायिकाहरु एलिना गुरुङ, देवी गुरुङ लगायतले विभिन्न गीत प्रस्तुत गरेका थिए ।


अनौपचारिक रुपमा सञ्चालन गरिएको कार्यक्रममा गायक केशबहादुर गुरुङले आफनो आजावमा रहेको दुई वटा गीत प्रस्तुत गर्दै आफूलाई माया गर्ने सम्पूर्ण दर्शकप्रति आभार व्यक्त गर्नुभयो ।
अत्यन्तै रमाईलो साँङगेतिक माहोलमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कलाकार तथा म्याक्स रोधी डिजिटल टिभीका सञ्चालक बालकाशी गुरुङले गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284