ताजा खबर

ओली सरकार नौटङ्की ः काग्रेस सहमहामन्त्री महत

   २३ श्रावण २०७६, बिहीबार ०८:१९      1,236 views

नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले ओली सरकारलाई नौटङ्कीको संज्ञा दिनुभएको छ ।

काँग्रेस कास्कीले आयोजना गरेको पार्टीको आगामी शिक्षा नीति कस्तो बनाउने विषयक कार्यक्रममा बोल्दै उहाँले सरकार झुठा भाषणमात्रै गर्दै हिडेको र कामको सट्टा नौटङ्की चरित्र जनतालाई देखाउदै हिडेको आरोप लगाउनु भयो । सरकारका मन्त्रीहरु भ्रष्टाचार संरक्षण गर्न र आफू नजिकका लागि ठेक्कापट्टा र कमिसनतन्त्रमा लगाएको समेत आरोप लगाउनुभयो ।

पूर्व मन्त्री समेत रहनुभएका नेता महतले भ्रष्टाचारलाई बढावा दिन सरकार लागेको बताउनुभयो । उहाँले काँग्रेसको शिक्षा नीति अन्तर्राष्ट्रियस्तरसँग प्रतिस्पर्धा गर्ने खालको रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, अहिलेको युगको शिक्षा व्यावसायिक शिक्षाको हो । यसको जिम्मा राज्यले लिनुपर्छ । नेता महतले शिक्षा र स्वास्थ्यलाई राज्यले निःशुल्क प्रदान गर्न सकेमात्रै विश्वबजारसँग नेपाली युवा प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो । अहिलेको शिक्षा शिक्षाको लागिमात्र भएको र व्यवहारिक नहुँदा विश्व बजारमा नेपालीको श्रमको मूल्यांकन हुन नसकेको बताउनुभयो ।

पार्टीभित्र आफू ठूलो हुने प्रवृत्तिका कारण वितृष्णा बढ्दै गएको बताउनुभयो । उहाँले मभन्दा पार्टी ठूलो हो भन्ने सोचका साथ अगाडि बढ्न आग्रह समेत गर्नुभयो ।

पूर्व मन्त्री सुरेन्द्र चौधरीले कास्की, पर्सा र चितवनमा पार्टीभित्र ठूलो अन्तरघात हुने गरेको दाबी गर्नुभयो । पार्टीमा असमझदारीहरु हुन्छन्, त्यो पार्टीभित्र हुनुपर्छ । बाहिर देखिने खालको असन्तुष्टिले न पार्टीलाई फाइदा हुन्छ न व्यक्तिलाई । त्या चरित्र त्याग्नुपर्छ, उहाँले भन्नुभयो ।

उहाँले लोकतान्त्रिक समाजवादमा पुग्ने माध्यम नै शिक्षा भएको हुदाँ शिक्षामा सबैको पहुँच हुनुपर्ने बताउनुभयो । उहाँले सामुदायिक शिक्षाको गुणस्तर बढाउन सकेमात्रै शिक्षा सबैका लासग सहज हुने बताउनुृभयो ।

शिक्षाविद् विद्यानाथ कोइरालाले राजनीतिकले नभै दलीय करणले मात्र शिक्षा क्षेत्र बिग्रिएकोे बताउनुभयो । उहाँले भन्नुभयो, शिक्षा भनेको दलको पछि लाग्ने नभै नीति निर्माणका लागि राजनीतिकले लबिङ चाहिन्छ तर त्यसलाई राजनीतिकरण भन्न मिल्दैन ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस नेता शुक्रराज शर्मा, प्रदेश सांसद विन्दुकुमार थापा, महिला संघ कास्कीकी सदस्य कोपिला रानाभाट, नेविसंघका केन्द्रिय सदस्य पुनम भट्ट लगायतले शिक्षा सबैका लागि आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा काँग्रेसका भातृसंगठनका अध्यक्ष तथा महासचिव र सचिव तथा शिक्षा क्षेत्रको व्यक्तिहरुको सहभागिता रहेको छ । उनीहरुले आगामी शिक्षा कस्तो बनाउने भन्नेबारे सुझाव दिएका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284