ताजा खबर

कङ्ग्युर पाठ तथा पुजाका लागि आठभाई बाह्र घर प्ल्हनेरों भाइखलक जुट्यो

   २७ मंसिर २०७५, बिहीबार ०६:५६      2,367 views


पोखरा, २६ मंसिर
पुस १ गतेदेखि १० गतेसम्म पल टासी छ्योलिङ(गोपाल) गुम्बामा हुने १८ औं पटकको कङ्ग्युर पाठ वाचन तथा तोनाग घोसुम पुजालाई भव्यताको साथ सम्पन्न गर्नका बुधवार आठभाई बाह्र घर प्ल्हनेरों भाइखलक तथा चेलीबेटीको भेला सम्पन्न भएको छ। पोखरा १० बौद्ध शान्ति मार्गस्थित पल टासी छ्योलिङ(गोपाल) गुम्बामा भाइखलक तथा चेलीबेटीहरु कङ्ग्युर पाठ तथा पुजाको आवाश्यक व्यवस्थापनमा भेलासहित छलफलका साथ तयारीमा जुटेको हो।
आठभाई बाह्र घर प्ल्हनेरों भाइखलकका अध्यक्ष खड्गबहादुर गुरुङको अध्यक्षतामा सप्पन्न भेलामा दश दिने कङ्ग्युर पाठ तथा तोनागघोसुम पुजाको महत्वको बारे र आवाश्यक तयारीका विविध पक्षमा भेलामा प्रमुख लामा आम्ची गोपाल गुरुङले आफ्नो भनाई राख्नु भएको सचिव सु.रामप्रसाद गुरुङले जानकारी दिनुभयो। कङ्ग्युर पाठ तथा तोनागघोसुम पुजा सम्पन्न गर्न आमाहरु लगायत उपासक उपासिकाहरु आर्थिक, भौतिक, नैतिक सहयोगको लागि तयार रहेको उहाँले बताउनुभयो।
पल टासी छ्योलिङ(गोपाल)गुम्बाद्धारा आयोजित कङ्ग्युर पाठ वाचन तथा तोनाग घोसुम पुजामा ब्रेज मेश्रों घान्द्रुक तमु समाज, टासी छ्योएलिङ गुम्बाका ब्रत आमा समुह, आठभाई बाह्र घर प्ल्हनेरों भाइखलक, आठभाई बाह्र घर प्ल्हनेरों रिह्चमी(चेलीबेटी) सहयोगीको रुपमा रहने भएको छ। विश्वमा घटिरहेका हत्या, हिंसा र आतंकको अन्त्य भइ विश्वमा शान्ति फैलियोस्, वर्तमान असहज परिस्थिती अन्त्य भई दिगो शान्तिको कामना गर्दै फो ल्हो(मृग वर्ग) आगमनको अवसरमन पुस १ गते यस प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट उद्घाटन गर्नुहुने भएको छ। पुस १ गतेदेखि ८ गतेसम्म दैनिक बिहान ढोल्मा तारादेवीको पुजा र आयु पुजा, कङ्ग्युर पाठ वाचन, दिउसो कङ्ग्युर पाठ वाचन, कुरिम तथा महाकाल पुजा(ग्रहशान्ति पुजा) तथा ङोवा मोनलम(पितृ पुजा) गरिने गुम्बाका प्रमुख लामा आम्ची लामा गोपाल गुरुङले जानकारी दिनुभयो।
यसरी नै पुस ९ गते गुरु रिम्पोछेको पुजा तथा तोनाघोसुम ग्रहशान्ति पुजा, दिउसो परमपुज्य टुल्कु धाम्छ्यो रिन्पोछेलाई स्वागत, लामा नृत्य(छ्याम) तथा तोनागघोसुम ग्रहशान्ति पुजा विर्सजन, पुस १० गते अन्तिम दिन नमो बुद्ध काभ्रेका परमपुज्य गुरु टुल्कु धाम्छ्यो रिन्पोछेबाट छेवाङ(अभिषेक)प्रदान गरिने कार्यक्रम रहको बताइएको छ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284