कलाकार कृष्ण गुरुङलाई यु.के.बाट १ लाख ४० हजार आर्थिक सहयोग प्राप्त
गुरुङ समुदायको अग्रज कलाकार कृष्ण गुरुङलाई आज यु.के.बाट थप आर्थिक सहयोग पाप्त भएको छ ।
उहाँको स्वास्थ्योपचारको लागि तमू कलाकार साँस्कृतिक मञ्च यु.के.को पहल र रिडिङ तमू समाज यु.के.का अध्यक्ष रुद्रराज गुरुङको अग्रसरतामा समाजका सदस्यहरुद्धारा संकलन गरिएको रु.१ लाख ४० हजार ९ सय २४ रुपैयाँ आज उहाँको निवासमै पुगेर प्रदान गरिएको हो ।
तमू कलाकार साँस्कृतिक मञ्च यु.के.का पूर्व अध्यक्ष एवम रिडिङ तमू समाजका सल्लाहकार चन्द्रबहादुर गुरुङको विषेश उपस्थितीमा गुरुङ फिल्म एशोसियशन नेपाल (जिफान) का अध्यक्ष गुञ्जबहादुर गुरुङ, तमू चलचित्रकर्मी कृष्णकुमार गुरुङ र सोम गुरुङको समेत सहभागितामा सो रकम हस्तान्तरण गरिएको हो ।
आफनो जीवनको युवा अवस्थादेखि नै गुरुङ तथा लोक गीत संगीतको सृजना, गायन र संगीतमा विषेश योगदान पुरयाउँदै आउनु भएका कृष्ण गुरुङलाई केही समय अघि आमाशयको नलीमा टिमुर पलाएपछि दिल्लीको मेदान्त हस्पिटलमा शल्यक्रिया गरेर नेपाल फर्किनु भएको थियो ।
यस अघि पनि तमू कलाकार साँस्कृतिक मञ्च यु.के.का अध्यक्ष पदम गुरुङको पहलमा बेलायतमा रहेको तमू समाज यु.के., नादा समाज यु.के., तमू धीं यु.के., क्रोम्छें त्होर्जे थिम्जे तमू समाज यु.के. लगायत १ सय ३४ जना सहयोगदाताहरुबाट संकलन गरिएको रु.१७ साल २९ हजार ४० रुपैंयाँ मञ्चकै पूर्व अध्यक्ष चन्द्रबहादुर गुरुङको उपस्थितीमा कलाकार गुरुङलाई हस्तान्तरण गरिएको थियो ।
लमजुङको सुन्दर बजार नगरपालिका वडा नं. ४ दुराडाँडा जामुने सिम्लेमा आमा सेती गुरुङ र बाबा धनबहादुर गुरुङको कोखबाट जन्मनु भएका कलाकार कृष्ण गुरुङले वि.सं. २०३९ सालमा रेडियो नेपालमा ‘हो ङदे स्योंर म्येंसी’ बोलको तमू भाषाको गीत रेकर्ड गरेर औपचारिक गायनको यात्रा शुरु गर्नुभएको थियो ।
वि.सं. २०४५ सालमा उहाँले ‘माया आस्येद ओ’ नामक तमू भाषाको गीति एल्बम बजारमा ल्याउनु भएको थियो ।
उहाँद्धारा रचना गरिएको रामराहानी ङोल्स्यो, गाउँ शहरमा लमजुङ दरबार लगायतका गीतहरु आज पनि उत्तिकै लोकप्रिय रहेका छन् ।
यसका साथै उहाँ कुशल बाँसुरी बाधक एवम् संगीतकार समेत हुनुहुन्छ । उहाँले थुप्रै गुरुङ चलचित्रका गीतहरुमा संगीत भर्नुभएको छ ।
आजको खबर
तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्धारा शैक्षिकसत्र २०८१ को लागि “तमु विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम’ यही असोज ३ गते, बिहीबार पोखरा फिर्केस्थित पोखरा इन्जिनियरिङ कलेजको सभाहलमा सम्पन्न…
अझै पढ्नुहोस्Follow Us
तमु साँस्कृतिक प्रतिष्ठानद्धारा छात्रवृत्ति वितरण
४ आश्विन २०८१, शुक्रबार ११:४४
Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3 Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3
Written by Abigail73 2024-06-04 19:17:39
Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно
Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно
Written by Clarissa1170 2024-06-04 19:57:36