ताजा खबर

कलाकार सृष्टि रानालाई मगर संघ वालिङ नगर समितिद्धारा आर्थिक सहयोग

   ६ आश्विन २०८२, सोमबार १६:४१      770 views

विगत ४ महिनादेखि उपचारको क्रममा रहेकी नायिका तथा कलाकार सृष्टि राना मगरलाई नेपाल मगर संघ वालिङ नगर समिति स्याङ्जाद्धारा आर्थिक सहयोग गरेको छ । समितिले सहयोग संकलन गरी जम्मा भएको रकम रु १ लाख १ हजार ६० रुपैयाँ आज हस्तान्तरण गरिएको छ । संघका अध्यक्ष क्या. विश्वप्रकाश थापा मगर र कार्यसमितिको उपस्थितिमा सृष्टि राना र उनको बुबा दसरथ रानालाई सो रकम हस्तान्तरण गरिएको हो ।
मगर संस्कृतिमा आधारीत चलचित्र दिलसरा चलचित्रकी नायिका सृष्टि राना मगर लाई न्युरो सम्बन्धी समस्या देखिएपछि अहिले उपचारको क्रममा छिन् । डाक्टरको भनाइ अनुसार सृष्टिको उपचारको लागि लामो समय लाग्ने र महंगो औषधी खानुपर्ने बताएका छन् ।


विगत ३ बर्ष देखि सृष्टिकी आमा पनि क्यान्सर रोगले ग्रस्त छिन् । आफ्नो आमाको स्याहार सुसार र उपचारमा घटिरहेकी सृष्टि आफै न्युरो सम्बन्धी घातक रोगले आक्रमण गरेपछि उनको परिवारमा आर्थिक समस्या परेको छ । आमाको उपचारको लागि लाखौ रकम खर्च गरिसकेका सृष्टिको परिवारमा यतिबेला दुई आमाछोरीको उपचारको लागि खर्च जुटाउन हम्मेहम्मे परेको छ । घरको आर्थिक अवस्था निकै कमजोर बन्दै गएपछि उनको थप उपचारको लागि मगर संसार फोटो ग्यालरी तथा विभिन्न सामाजिक संजालमा सहयोगको अपिल गरेपछि विभिन्न व्यक्ति र संघसंस्थाहरुले विरामी सृष्टिलाई सहयोग गरिरहेका छन् ।


नायिका सृष्टि राना विरामी भएर थला परेको समाचार सामाजिक सञ्जालमा देखेपछि आफूहरुले पनि केही भएपछि सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले संघले सहयोग संकलन गरेको अध्यक्ष क्या. विश्व प्रकाश थापा मगरले बताउनुभयो । चलचित्रमा उनले खेलेको भूमिका र समाजलाई दिएको सन्देश अति महत्वपूर्ण रहेको भन्दै कलाकारिता यस क्षेत्रमा अझै अगाडि बढ्न सकोस भन्दै स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ ।
जो सुकै मानिस उपचारको अभावमा छट्पटिनु नपरोस् र एउटा उदाउँदो कलाकारले भोलिका दिनमा फेरि अगाडि बढ्ने हौसला मिलोस् भनेर आफूहरुले सकेको सहयोग गरेको सचिव कुलबहादुर थापा मगरले बताउनुभयो ।
संघका अध्यक्ष क्या. विश्वप्रकाश थापा मगर, सल्लाहकार दुर्गा बहादुर राना मगर, वरिष्ठ उपाध्यक्ष क्या. भिमबहादुर थापा मगर, सचिव कुलबहादुर थापा मगर, कोषाध्यक्ष तेजबहादुर थापा मगर, सहसचिव तेजन आले मगर, सदस्य सुन्दर सारु मगर, चलचित्र दिलसराका निर्माता मिना थापा मगर लगायतको टिम नायिका निवास पोखरा फूलबारीमा पुगी सहयोग हस्तान्तरण गरिएको थियो ।


तनहुँ जिल्ला भिमाद नगरपालिका ४ पिरुङमा जन्मेका २४ बर्षीय सृष्टि राना हाल पोखरामा बस्दै आएकी छिन् । मौलिक तथा सांस्कृतिक नृत्य क्षेत्रमा आफूलाई स्थापित गराई सकेकी सृष्टिको पहिलो फिल्म दिलसरा रहेको र हाल उनी दिलसराको नायिकाको रुपमा परिचित छिन् ।
बिरामी सृष्टिको अवस्था अहिले सुधारोन्मुख भएतापनी अझै एक/डेढ वर्षसम्म महंगो उपचार गरिरहुन पर्ने उनका बाबा दसरथ रानाले बताएका छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284