ताजा खबर

कवितामा म्ले क्यु (बिर्साउने पानी)

   ६ बैशाख २०७६, शुक्रबार १०:५१      2,867 views

जसु गुरुङ / निर्देशक म्ले क्यु चलचित्र

खुल्छौ र प्रिय क्ल्हेको शक्तिले खुल्छ भन्छन नि
डुल्छौ र प्रिय गाउँघर वरपर आइ डुल्छ भन्छन नि
आफ्नै मुटु धडकाउन छाडी बिरानो पो भइदियौं
भुल्छौ र साच्चै म्लेक्यु पिए भने भुल्छ भन्छन नि

बोल न प्रिय किन बोल्दैनौ
म सङ किन कुरा खोल्दैनौ
भनन प्रिय बोलन एकपटक
मात्र एकैपटक
रित्तो रित्तो भो
यो संसार
यो दुनिया
अब मात्र बाकी रह्यो
तिमी सँग हुदा
था नभएका यादहरु
तिमी सँग नहुदा
था भएका यादहरु
न त सुत्न दिन्छ
न त उठ्न दिन्छ
ती पापी यादहरु
छाती चिराउँछ
मुल फुटाउछ
अनि
ठूलो ताल बनाउँछ
तिम्रा ती यादहरुले
ताल मात्र कहाँ हो र
पौडिन बध्या तुलाउँछ
ढुङा जस्तो मान्छे पो त
जस्तो हाम फाल्यो तेस्तै
तिम्रो त्यो यादको पोखरीमा न हात दायाँबायाँ खियाउदै


अघिअघि बढ्न सक्छु म
न हलुका बेलुन जस्तै गरि
माथीमाथी तैरन सक्छु
बस
तिम्रो यादको पोखरीमा
कहिल्यै माथी नआउने गरि
भित्रभित्र नै हराउछु म
केवल तिम्रो यादको पोखरीमा
गहिराइमा नै हराउँछु म
हराउँदा हराउँदै
कहिले मुस्कुराउँछु
कहिले निसासिन्छु
त्यसैत्यसै अतालिन्छु
मात्र सम्झिएर
तिमी सँग हुदा
था नभएका यादहरु
तिमी सँग नहुदा
था भएका यादहरु

मलाई थाहा छ प्रिय
किन यसरी याद छोडिरहेछौ
किन मलाई तड्पाइरहेछौ
मलाई थाहा छ प्रिय
यो सबै
म्ले क्यु को जादु हो
जसले मलाई बिर्सायो
जसले बाबू बिर्सायो
जसले समाज बिर्सायो
जसले सारा बिर्सायो
अनि बध्या बनायो
अर्को नयाँ रमाइलो ठाउँ
सिमि नासको संसारमा
हाँसीहाँसी रम्न रमाउन
मलाई थाहा छ प्रिय
यो सबै
म्ले क्युको जादु हो
हो साच्चै हो
जादु म्ले क्यु कै हो

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284