
कवि तथा गीतकार चन्द्रावती वाग्लेको शोक काव्य हरिश्चन्द्र पोखरामा लोर्कापण
कवि तथा गीतकार चन्द्रावती वाग्लेद्धारा लिखित शोक काव्य “हरिश्चन्द्र” आज पोखरामा लोर्कापण भएको छ ।

पोखरा महानगरपालिकाकी पहिलो महिला अधिकृतको रुपमा कार्यरत चन्द्रावती वाग्लेले यसअघि गत साउन महिनामा तीन वटा तीज गीत एकसाथ बजारमा ल्याउनुभएको थियो भने आज हरिश्चन्द्र शोक काव्य गत वर्ष भदौ ३० गते दिवङ्गत हुनुभएका आफ्ना श्रीमान् हरिश्चन्द्र वाग्लेको स्मृतिमा प्रकाशित गर्नुभएको हो ।

कास्कीको मादी गाउँपालिका वडा नं ९ साबिक मिजुरे गा.वि.स वडा नं ६ गोर्जेमा वि.सं. २०२८ सालमा पिता स्व.मित्रलाल अधिकारी र माता स्व.सरस्वती अधिकारीको कोखबाट जन्मनु भएका चन्द्रावती अधिकारी वाग्लेको कर्मघर भने तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ६ हो । हाल उहाँ पोखरा न्युरोडमा स्थायी बसोबास गर्दै आउनुभएको छ ।

विगत २७ वर्षदेखि पोखरा महानगरपालिकामा पहिलो महिला स्थायी अधिकृतको रुपमा कार्यरत वाग्लेले सानैदेखि साहित्यमा रुचि राख्दै विभिन्न समयमा साहित्यिक कृतिहरु प्रकाशित गर्दै आउनुभएको छ ।
आज एक भव्य समारोहकाबीच हरिश्चन्द्र शोक काव्यको तनहुँको व्यास नगरपालिका प्रमुख बैकुन्ठ न्यौपानेले लोर्कापण गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले स्व.हरिश्चन्द्र वाग्ले जीवनको अन्तिमसम्म पनि सकरात्मक सोच र इमान्दारिताका साथ आफनो कार्यक्षेत्रमा क्रियाशिल रहेको बताउनुभयो ।
लेखक चन्द्रावती वाग्लेले नारी समवेदना, शोक र श्रीमान् श्रीमती बीचको प्रेमलाई गहिरो ढंगाले पुस्तकमा उतारेको भन्दै उहाँको साहसको लागि धन्यवाद दिनुभयो ।

शोक काव्यमाथि समिक्षा गर्दै डा.जगन्नाथ रेग्मीले स्व.हरिश्चन्द्र वाग्लेको इमान्दारिता र सरल स्वाभावलाई सबैले अनुकरण गर्नुपर्ने बताउनुभयो । पुस्तकमा शोकका अनुभुतिका छालहरु र सम्झनाहरुलाई मसिनोसँग केलाएको बताउनुभयो । कुनै पनि काव्य व्यक्ति विशेषको भयो भने त्यसको अर्थ नहुने भन्दै शोक काव्यहरु सामाजिक हुनुपर्नेमा जोड दिनुभयो । लेखक चन्द्रावती वाग्लेले आफनो शोक काव्यमा सामाजिक विषय वस्तुलाई असाध्यै न्याय गरेको उहाँको भनाई छ । नारी चरित्र कस्तो हुनुपर्छ भन्ने देखि लिएर दुःखका बेला अस्पताल धाउँदा डाक्टर र नर्सहरुले देखाएको ठाडो व्यवहारप्रति पनि उहाँले दुःख व्यक्त गर्नुभएको छ ।
शोक काव्यको एक अंश यस्तो रहेको छ
चितासँगै जतिजाउ भाथ्यो मलाई
छोरा छोरी सम्झेर बस्यो मुटु जलाई
यस्तै छन्द नायक माधव वियोगीले पत्नी शोकमा लेखिएको धेरै काव्यहरु नेपाली साहित्यमा भएता पनि पति शोकमा कमै मात्रै काव्य लेखिएकोमा हरिश्चन्द्र शोक काव्यले नेपाली वाड्मयमा नयाँ इटा थप्ने काम भएको बताउनुभयो ।
स्व.हरिश्चन्द्रका दाजु दीपक वाग्लेले आफनी प्रतिभाशाली बुहारीप्रति आफूलाई सधै गर्व लागेको बताउनुभयो । स्व.हरिश्चन्द्र वाग्ले जीवनको अन्तिम समयसम्म पनि आफनो शैक्षिक योग्यतालाई अझै वृद्धि गर्नका लागि प्रयत्नशील रहेको बताउनुभयो ।
लोर्कापण कार्यक्रममा गुरुङ साहित्यिक मञ्चकी अध्यक्ष गौरी तमूले स्रष्टा चन्द्रावती वाग्लेको परिचय गराउनुभएको थियो ।

सर्जक चन्द्रावती वाग्लेले आफूलाई हरेक क्षेत्रमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै सबैको सहयोगले आफूलाई धेरै हिम्मत बढेको बताउनुभयो ।
कार्यक्रममा शिक्षक महासंघका महासचिव विजयराज पौडेल, वरिष्ठ अधिकृत वसन्त चालिसे लगायतले शुभकामना दिनुभएको थियो ।
नारी वाङ्मय प्रतिष्ठानकी अध्यक्ष छन्दीका त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी थापाले गर्नुभएको थियो ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26