ताजा खबर

कार्गो व्यवसायीको २५औं स्थापना दिवस सम्पन्न, व्यवसायलाई प्रविधिमैत्री बनाउन उपराष्ट्रपतिको सुझाव

   १४ श्रावण २०७६, मंगलवार १८:०८      1,672 views

 नेपालबाट विश्वभर सामान आयात निर्यात गर्ने कार्गो व्यवसायीहरुको संस्था नेपाल कार्गो व्यवसायी संघले २५ औं कार्गो दिवस मनाएको छ । दिवसका अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले कार्गो सेवालाई प्रविधिमैंत्री बनाउँदै लैजान आवश्यक रहेको बताउनुभयो ।


‘कार्गो व्यवसायीहरुले नेपालमा उत्पादन हुने वस्तुको प्रवद्र्धन गर्न र कार्गो व्यवसायलाई प्रविधिमैंत्री र व्यवस्थित बनाउन आवश्यक छ ।’ उहाँले भन्नुभयो, ‘हाम्रो व्यापार सन्तोषजनक नभएकाले आर्थिक समृद्धिका लागि निर्यात व्यापार बृद्धि हुनुपर्दछ ।’ आयात बृद्धि हुँदा व्यापार घाटा चुलिदै गएकोप्रति उहाँले चिन्ता ब्यक्त गर्नुभयो ।


२५ औं कार्गो दिवसको उद्घाटन तथा कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले आउँदो वैशाखसम्म रेलबाटै वस्तु आयातनिर्यात गर्ने वातावरण सिर्जना हुने विश्वास ब्यक्त गर्नुभयो ।
दिवसका अवसरमा संघका अध्यक्ष प्रकाशसिं काकीले कार्गो व्यवसाय सेवा दिने संस्था भएकाले ट्याक्स र भ्याटमा जान नसकिने बताउनुभयो । ‘संसारमा कार्गो व्यवसायीले कतै भ्याट तिर्ने व्यवस्था छैन तर सरकारको यस्तो नीतिले कार्गो व्यवसायीलाई विस्थापित गर्नेछ ।’ उहाँले भन्नुभयो, ‘सरकारले यसबारे अबिलम्ब सरोकारवालाहरुसँग छलफल गरेर पुनर्विचार गर्न नितान्त आवश्यक छ ।’


सोमबार काठमाडौको एक होटलमा आयोजित कार्यक्रमका अवसरमा नेपालका लागि भारतीय राजदुत मञ्जिभसिंह पुरी, उद्योग मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी रानालगायतले मुलुकको आर्थिक समबृद्धिका लागि आयतलाई प्रतिस्थापन गर्दै निर्यातलाई बढावा दिनुपर्नेमा जोड दिए । निर्यात बृद्धि गर्न कार्गो व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने भएकाले राज्यस्तरबाट प्रोत्साहित गरिनुपर्नेमा वक्ताहरुले जोड दिए ।


संघले हरेक वर्ष २९ जुलाईमा कार्गो दिवस मनाउँदै आएको छ । दिवसका अवसरमा उपराष्ट्रपति पुनले कालोपुलमा निर्माणाधिन संघको भवनको उद्घाटन पनि गर्नुभयो । दिवसका अवसरमा संघले मुलुकको आर्थिक विकासमा योगदान पुर्याउने विभिन्न कम्पनीहरुलाई सम्मान समेत गरेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284