ताजा खबर

कास्कीको धम्पुस र बेलायतको ब्रेकन शहरबीचमा मितेरी सम्बन्ध कामय

   २७ माघ २०७५, आईतवार २०:४८      3,013 views

कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं. ७ धम्पुस गाउँ र बेलायतको ब्रेकन शहरकाबीचमा आज एक भव्य समारोहकाबीच मितेरी सम्बन्ध कायम गरिएको छ । समारोहको गण्डकी प्रदेशका आर्थिक योजना तथा मामिला मन्त्री किरण गुरुङ र बेलायतको ब्रेकन शहरका मेयर मनी ट्रेलरले दिप प्रज्वनल गरि संयुक्त रुपमा उदघाटन गर्नुभयो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले धम्पुस आउँदा आफनो मनमा सधै सृजनात्मक भावना उर्लेर आउने भन्दै आफूलाई धम्पुसले सधै कवि बन्न प्रेरित गरिरहको बताउनु भयो ।


साथै उहाँले देशहरुको पनि देश बेलायतको ब्रेकन शहरसँग धम्पुसले मितेरी सम्बन्ध गाँस्न पाउनु भनेको धम्पुसको लागि मात्रै नभई पुरै नेपालीको लागि आर्थिक, साँस्कृतिक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहेको बताउनुभयो । समृद्ध बेलायतको इतिहास रच्नामा नेपालीहरुले पनि धेरै रगत पसिना बगाएको भन्दै अहिलेको आधुनिक बेलायतको निर्माण गर्न नेपालीहरुको ठूलो योगदान रहेको उहाँको भनाई छ ।


अब नेपाल र नेपालीहरुले सधै अरुको भर मात्रै पर्ने र अरुसँग माग्ने भन्दा आफूले पनि दिन सक्ने हैसियात बनाउनुपर्ने बताउनुभयो । मान्छेको सबै भन्दा ठूलो कुरा मन र भावना भएको भन्दै शुरुमा आफनो मन र भावनाहरु बाँडेर यसको शुरुवात गर्नुपर्ने बताउनुभयो ।

यसका अलाव हाम्रो अमुल्य संस्कृतिहरु बाँडनका लागि नेपालीहरुले अग्रसरता देखाउनुपर्ने उहाँको भनाई छ । सम्बन्धहरु गाँस्नु र शुरुवात गर्नुमात्रै महत्वपूर्ण नहुने भन्दै यसको दिगोपन र दुईपक्षिय हितको विषयमा सबै चिन्तित भएर लाग्नुपर्ने मन्त्री गुरुङको भनाई छ ।


यस्तै बेलायतको ब्रेकन शहरका मेयर मनि टे«लरले धम्पुसँग मितेरी सम्बन्ध कायम गर्न पाउँदा आफूहरुलाई खुशी लागेको भन्दै बे्रकन र धम्पुसको सम्बन्ध दिगो बनाउनु र आवश्यक सहयोग गर्न आफूहरु सधैं तयार रहने उहाँको भनाई छ ।


कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै माछापुच्छ«े गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष समबहादुर गुरुङले मितेरी सम्बन्धबाट दुई मुलुकको साँस्कृतिक र ऐतिहासिक पक्षको आदन प्रदान हुने भन्दै धम्पुसले ब्रेकनबाट धेरै कुराको आसा गरेको बताउनुभयो ।


माछापुच्छे« गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन तमू प्ये ल्हु संघ युकेका अध्यक्ष एवं धम्पुसका स्थानिय बासी तथा मितेरी सम्बन्ध कायम गर्न विशेष भूमिका निर्वाह गर्नुहुने अभियान कर्ता मेजर खुशीमान गुरुङ एमभिओ ले गर्नुभएको थियो ।


कार्यक्रममा धम्पुसका स्थानिय बासिन्दा, माछापुच्छे« गाउँपालिकाका सम्पूर्ण वडा अध्यक्षहरु, राजनितिक दलका प्रतिनिधिहरु र पत्रकारहरुको व्यापक सहभागिता रहेको थियो ।


कार्यक्रममा उपस्थित भएका बे्रकन शहरका सदस्यहरुलाई माछापुच्छे« गाउँपालिकाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो भने धम्पुस लाली गुराँस युवा क्लब र पृथ्वी नारायण मा.वि. धम्पुसका विद्यार्थीहरुको तर्फबाट विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।


यस्तै ब्रेकनको तर्फबाट धम्पुसका विभिन्न विद्यालयहरुलाई शैक्षिक र खेलकुदका सामग्रीहरु प्रदान गरिएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284