
कास्कीको नयाँपुलमा सडक मजदुरबीच झडप हुँदा एक जनाको मृत्यु
कास्कीको अन्नपूर्ण गाउँपालिका १० धामले स्थित नयाँपुल घान्द्रुक कच्ची सडक खण्डमा काम गर्ने मजदुर बीचमा विवाद हुँदा एक जनाको ज्यान गएको छ ।

ओखलढुङगा सुनकोशी गाउँपालिका ४ स्थायी घर भएका २६ वर्षिय रुद्र मगरले सामान्य विवाद हुँदा स्याङजा ज्यामिरेका ४० वर्षिय रामबहादुर गुरुङलाई उतिसको लौरीले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यू भएको हो ।
घटनाको बारे खबर प्राप्त हुनासाथ तत्कालै घटना स्थलमा प्रहरी टोलि खटिई कुटपिट गर्ने रुद्र मगरलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52