ताजा खबर

कास्कीको माछापुच्छे« गाउँपालिका अध्यक्ष कर्ण गुरुङ भोलि विवाह बन्धनमा बाँधिदै

   २५ मंसिर २०७७, बिहीबार १६:५०      1,244 views

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच विवाह हुँदैछ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर गण्डकी प्रदेशका दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच शुक्रबार विवाह हुँदैछ ।

कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङ बीच विवाह हुन लागेको हो ।


उपाध्यक्ष र अध्यक्षबीच शुक्रबार पोखरामा विवाह हुने कार्यक्रम रहेको छ । सो विवाहको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ रहने कार्यक्रम छ । मुख्यमन्त्री गुरुङलाई बुधबार भेटेर गाउँपालिका अध्यक्ष कर्णबहादुर र उपाध्यक्ष शर्मिलाले निम्ता गरेका छन् । आफूहरुबीच शुक्रबार विवाहको टुंगो भएको अध्यक्ष कर्णबहादुरले बताए ।


‘शर्मिलाजी र म बीच विवाह गर्ने विषयमा सहमति भयो’ उनले भने, ‘परिवारको पनि स्वीकृतिमा मागी विवाह गरेका हौं ।’ कोरोनाका कारण सबैलाई आफन्त, शुभेच्छुक, राजनीतिक दलका नेता र कार्यकर्तालाई विवाहमा निम्तो नगरिएको उनले बताए ।

कर्ण र शर्मिलामा दुवै जना पूर्वएमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् । अध्यक्ष कर्णबहादुरले भने राजनीति र सामाजिक सेवाका कामले विवाह गर्न नभ्याएको प्रतिक्रिया दिँदै आएका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284