ताजा खबर

कास्कीको मादी गाउँपालिका प्रदेशकै नमूना गाउँपालिका बन्दै, डा.देखि भेडी गोठसम्मलाई सम्मान

   २२ असार २०७६, आईतवार १२:५९      3,355 views

कास्कीको मादी गाउँपालिका गण्डकी प्रदेशकै नमूना गाउँपालिका बनेको छ । गाउँपालिकाले स्थापना भएदेखि नै विभिन्न रचनात्मक र उत्कृष्ट कामहरु गर्दै आएको छ ।


जिल्लाको उत्तर र पूर्वी भेगलाई समेटर बनेको यो गाउँपालिका जिल्लाकै गाउँपालिकाहरु मध्ये भौगोलिक रुपमा ठूलो र विकट बस्तीहरु समावेश रहेको छ ।
१२ वटा वडा रहेको यस गाउँपालिकामा कास्कीको सिरान गाउँ सिक्लेसदेखि लमजुङको सिमाना गाउँ सिङ्दी छेउमा रहेको पोसीसम्म फैलिएको छ ।

गुरुङ चलचित्रको नायक तथा निर्देशक एवम् गीतकार वेदबहादुर गुरुङ (श्याम) अत्याधिक जनमतका साथ गाउँपालिका अध्यक्षमा निवार्चित भएपछि निरन्तरको जोशिलो काम र मादीमा आएको विकासको लहरले अहिले झनै जनतामाझ प्रिय बन्नु भएको छ ।

गाउँपालिकाले नमूना कामहरु गर्दै जाने शिलशिलामा हिजो असार २१ गते गाउँपालिका केन्द्र याङजाकोटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख अतिथ्यता र प्रदेश सांसदद्धय मनबहादुर गुरुङ र गायत्री गुरुङ (कुशुम) को विशेष उपस्थितीमा विद्यार्थी छात्रवृत्ति वितरण एवम् प्रतिभा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँपालिकाले सम्मानपत्र दोसल्ला, ट्रफी नगद पुरस्कार एवम् मादी गाउँपालिका भित्रै उत्पादन भएको मह र अलैंचीबाट सम्मानित व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
यसैक्रममा मादी गाउँपालिकाकै शान नेपाल प्रज्ञा प्रतिष्ठानका उप कूलपति प्राध्यापक डा.जगमान गुरुङलाई नगद ५० हजार सहित जन्मभूमि पुरस्कारबाट सम्मान गरेको छ ।

यस्तै गत वर्ष इन्डोनेशियाको जार्कतामा सम्पन्न एसियाड खेलमा नेपालको तर्फबाट १७ वर्षकै उमेरमा प्रतिनिधित्व गर्दै प्याराग्लाइडिङ प्रतियोगितामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका मादीकै शान युकेश गुरुङलाई पनि नगद ५० हजार सहित सम्मान गरेको छ ।

यस्तै गाउँपालिकाले पालिकाभित्रैबाट कक्षादेखि १० कक्षासमम अध्ययन गरेको तथा हाल देशको विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षा अध्ययन गरिरहनु भएका विद्यायर्थीहरु मादी १० का सुमन पौडेल, सचिन अधिकारी, अमृत गुरुङ, हिमाल गौतम, सञ्जय सुवेदी तथा मादी ४ का मनिषा सापकोटा गरि ६ जना वद्यार्थीलाई जनही २ लाख सहित उच्च शिक्षा प्रोत्साहन छात्रवृत्ति प्रदान गरेको छ । यस वर्ष अधिकांश इञ्जिनियरिङ विषय अध्ययन गरिरहेका विद्यार्थीहरुले यो छात्रवृत्ति प्राप्त गरेका छन् ।

यस्तै गाउँपालिकाले पालिकाभित्रको उत्कृष्ट विद्यालय, यसवर्षको एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र यसवर्षको उत्कृष्ट विषय शिक्षकहरुलाई पनि नगद पुरस्कार सहित सम्मान गरेको छ ।
यसवर्षको उत्कृष्ट विद्यालयको पुरस्कार मादी ७ मा रहेको धनुबास कालिका मा.वि.ले प्राप्त गरेको छ । विद्यालयले पुरस्कार स्वरुप नगद २ लाख रुपैंया प्राप्त गरेको छ ।

यो विद्यालय गत वर्षपनि गाउँपालिकाको उत्कृष्ट विद्यालय बन्न सफल भएको थियो । यस्तै आधारभूत विद्यालय तर्फ जन मन्दिर आधारभूत विद्यालय मादी १० उत्कृष्ट भएको छ । सो विद्यालयले पुरस्कार स्वरुप नगद ५० हजार प्राप्त गरेको छ ।

एसईईमा सर्वोउत्कृष्ट अंक ल्याउने अन्नपूर्ण मावि मादी १ का स्नेह गुरुङ तथा चाँदनी सापकोटालाई सम्मान गरिएको छ । यस्तै गाउँपालिकाले शिक्षकहरुको प्रोत्साहनको लागि विषयगत शिक्षकहरुलाई उनीहरुले प्राप्त गरेको जिपिएको आधारमा पुरस्कृत गरेको छ ।


जसअनुसार अङग्रेजी विषयको उत्कृष्ट शिक्षकको पुरस्कार मादी १ मा रहेको अन्नपूर्ण मा.वि.का शिक्षक गेसुब्बा गुरुङले प्राप्त गर्नुभएको छ । यस्तै दुधपोखरी मा.वि.का शिक्षक कमला पौडेल यसवर्षको नेपाली र जनसङख्य विषयमा गरि दुईवटा विषयको उत्कृष्ट शिक्षक पुरस्कार पाउन सफल हुनुभएको छ ।


यस्तै गणित विषयमा धनुबास कालिका मा.वि. मादी ७ का प्रअ समेत रहनुभएका शिक्षक गोपाल सापकोटाले उत्कृष्ताको पुरस्कार प्राप्त गर्नुभएको छ । विज्ञान विषयमा महारुद्र मा.वि. मादी ६ का शिक्षक सञ्जीव पौडेल पुरस्कृत हुनुभएको छ । यस्तै सामाजिक विषयमा राष्ट्र ज्योति मा.वि. समैराङका शिक्षक गणेश पराजुलीले यसवर्षको उत्कृष्ट शिक्षकको पुरस्कार प्राप्त गर्नुभएको छ ।


गाउँपालिकाले यसवर्षको कक्षा ८ मा पालिकाभित्रभरीबाट उत्कृष्ट अंक ल्याउने विद्यायर्थीहरु जनमन्दिर आधारभूत विद्यालयका साहिल अलि र सोनिया गौतम तथा राष्ट्र ज्योति मा.वि. का पारास परियारलाई नगद जनही २ हजार सहित प्रशंसा पत्र र ट्रफीले सम्मान गरेको छ ।

यस्तै गाउँपालिकाले पालिको केन्द्र देखि विभिन्न वडा कार्यालयहरु निर्माण गर्नका लागि जग्गा उपलब्ध गराउनुहुने जग्गा दाताहरुलाई पनि सम्मान गरेको छ । भने बाटोको मर्मत संहारमा खटिएका उत्कष्ट कामदार एवम् विभिन्न समयमा गाउँपालिकासँग ठेक्का सम्झौता गरि समयमै उकृष्ट काम गर्ने ठेकेदारहरु, गाउँपालिकाकै उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरेको छ ।


यस्तै गाउँपालिकाले उत्कृष्ट होम स्टेमा सिक्लेस होम स्टे, उत्कृष्ट आमा समुहमा ताङतिङ आमा समुह, उत्कृष्ट पर्यटन व्यवसायीमा मादी ३ मा रहेको रक अन गेष्ट हाउस, उत्कृष्ट पत्रकारमा मादी न्युज डटकमका सम्पादक रोशनी गुरुङलाई सम्मान गरेको छ ।


यस्तै गाउँपालिकाले अस्तित्व नै संकटमा पर्दै गएको परम्परागत पेशा भेडी गोठालेहरुलाई समेत सम्मान गरेर भेडी गोठको संरक्षणमा प्रोत्साहन बढाएको छ । यसरी सम्मानित हुने हरुमा मादी १ सिक्लेसमा लामो समयदेखि भेडी गोठ राख्दै आउनुभएका मौजा गुरुङ लिलबहादुर गुरुङलाई सम्मान रहनुभएको छ ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284