
कास्कीको सातमुहाने देउरालीका पूर्ण गुरुङ, एनआरएन मकाउको अध्यक्षम विजयी
गैर आवासीय नेपाली संघ (एनआरएनए) मकाउको अध्यक्षमा पूर्ण बहादुर गुरुङ व्जियी भएका छन् ।

एनआरएनए मकाउको छैटौँ महाधिवेशनमा ९ बुँदे घोषणा पत्रसहित आफ्नो उम्मेद्वारी दिएका तत्कालिन महासचिव गुरुङ अध्यक्षमा विजयी भएका हुन्।
महाधिवेशनबाट आईसीसी सदस्यमा मंगल बहादुर राई विजयी भएका छन् भने एनआरएनए मकाउको उपाध्यक्षमा रत्नमणि राई, राजकुमार गुरुङ, विकेन जोशी, महासचिवमा शिव थापा तथा सचिवमा राजेश गुरुङ निर्वाचित भएका छन् ।
त्यस्तैगरी युवा संयोजकमा निशान घर्ती क्षेत्री, महिला संयोजकमा शर्मिला राई तथा सदस्यहरुमा कल बहादुर तामाङ, सन्तोष गुरुङ, सुरेन्द्र तामाङ, धर्म वीर बुढा, गम्वीर महत, दिपक तामाङ, रोजन लामा, सुरेश सुनार विजयी भएका छन् ।
नव निर्वाचित अध्यक्ष गुरुङ कास्कीको सातमुहाने देउरालीका स्थायी बासिन्दा हुन भने तमू समाज समाज मकाउको स्थापनाकालदेखि नै सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको छ ।
उस्तै खबर





Good https://is.gd/N1ikS2
Written by Brayden4093 2025-04-30 19:12:25