ताजा खबर

कास्कीमा पनि मगरहरुले सामूहिक रुपमा माघे सक्रान्ति पर्व मनाए

   २ माघ २०८०, मंगलवार १९:०७      2,594 views

मिना थापा मगर
माघ २, पोखरा

मगरहरुले सांस्कृतिक पर्वको रुपमा मनाइने माघे सक्रान्ति पर्व विगतका वर्षहरुमा झै यस बर्ष पनि धुमधामका साथ मनाएको छ ।

माघे सक्रान्ति पर्व नेपालमा बसोबास गर्ने प्रायः सबै समुदायले आ–आफ्नै तरिकाले मनाउने गर्दछन् ।
सौर्य तिथिका हिसाबले पनि यो दिनलाई महत्वपूर्ण रुपमा लिइने गरिन्छ भने मगरहरुले पितृ सम्झिने दिनको रुपमा मनाउने गर्दछन् । उक्त दिन घरको मुल व्यक्ति विहानै खोला तथा कुण्डमा गई नुहाइ धुवाई गरी खोलाको किनारमै पिर्तहरुको नाममा जल तथा विभिन्न खानेकुराका परिकारहरु सहित पिण्ड दिने (मुठी दिने) गर्दछन् भने छोरी चेली र कुटुम्बलाई मिठा मिठा परिकार खुवाएर उनीहरुलाई आशिक दिइ पुज्ने गर्दछन् ।


यो पर्व मगरहरुले परापुर्वकाल देखि नै मनाइदै आएको भएतापनि विगातका केही वर्षदेखि सामूहिक रुपमा पनि मनाउन थालेका छन् । यसैगरी कास्कीमा पनि नेपाल मगर संघ कास्कीको आयोजनामा सामुहिक रुपमा कुलपितृहरुलाई पिण्ड दिई भव्य रुपमा यो पर्व मनाएको छ ।


संघको आफ्नै भवन रंगशालामा भएको कार्यक्रममा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै गुरुङले हरेक सुमदायले मनाउने पर्वहरुले आफ्नै किसिमको सांस्कृतिक महत्व बोकेको हुनाले समग्र नेपालीको पहिचान जोगाउनको लागि पनि भाषा, संस्कार संस्कृतिको संरक्षण गर्नु महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय समितिका उपमहासचिव खेम पुन मगर, नेपाल मगर महिला संघ केन्द्रिय समितिका भाषिक उपाध्यक्ष फुल कुमारी थापा मगर, नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष तारामाया थापा मगर, आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका मुख्य सचिव सुजन लामालगायतले माघे सक्रान्ति पर्वको उपलक्षमा शुभकामना मन्तव्य राखेका थिए ।


संघले माघे सक्रान्ति पर्वको पूर्वसन्ध्यामा आयोजना गरेको विविध खेलकुद प्रतियोगिताको प्रथम द्वितिय तथा तृतिय स्थान हासिल गर्ने प्रतियोगीहरुलाई पुरस्कार वितरण गरेको थियो । जसमा व्यडमिन्टन अन्तर्गत ५० वर्षमाथि समूहतर्फका दिपवगर इकाइ समितिका सु. रामप्रसाद बुदुजा पुन मगर, भिमप्रसाद पुन मगर प्रथम, नेपाल मगर संघ कास्की जिल्लाका क्या. भक्तबहादुर पुन मगर तथा सु. बल बहादुर थापा मगर द्धितिय, राम बजार इकाइ समितिका सु. चेत बहादुर थापा मगर, दिनेश थापा मगर तथा विर बहादुर आलेमगर र दिल बहादुर पुन मगरले तृतिय स्थान हासिल गरेका थिए ।


यसैगरी युवा समूहतर्फ संगम इकाई समितिका देवान थापा मगर र चन्द्र पुन मगर प्रथम, सैनिक बस्ती इकाइ समितिका कृष्ण सलामी मगर र नरेन्द्र घर्ति मगर द्धितिय तथा माटेपानी इकाइ समितिका देउ बहादुर थापा मगर र टोप बहादुर तरामु मगर तथा सैनिक बस्ती इकाइ समितिका ओम बहादुर थापा मगर र दिपक काउछा मगरले तृतिय स्थान हासिल गरेका थिए ।

यसैगरी महिला समूहतर्फ विद्यार्थी संघका रमिला घर्तिमगर, समिना पुनमगर प्रथम, राम बजार इकाई समितिका मनु राना मग र र अनु राना मगर द्धितिय, गगनगौंडा इकाइ समितिका अस्मिता पुन थापा मगर र याम कुमारी तिलिजा मगर तथा ढुङ्गेपाटन इकाइ समितिका भिनु पुर्जा पुन मगर र पुनम पुन मगर तृतिय स्थान हासिल गर्न सफल भए ।


डोरी तान्ने प्रतियोगिता अन्तर्गत पुरुष समूहतर्फ ढुंगेपाटन इकाई समिति प्रथम र गलेश्वर इकाई समिति द्धितिय भए भने महिलातर्फ गगनगौंडा इकाई समिति प्रथम र रामबजार इकाई समिति द्धितिय हुन सफल भए ।
पुरस्कृत समुहरुहरुलाई नगद, ट्रफ तथा प्रमाणपात्र प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न इकाइ समितिहरुद्धारा सांस्कृतिक नृत्यहरु पस्तुत गरिएको थियो ।


यसैगरी कार्यक्रममा २०८० सालमा कास्की जिल्लाबाट कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । जसमध्ये सबैभन्दा उत्कृष्ठ अंक ल्याउने छात्र तर्फका लोमान्स पुन मगर र छात्रातर्फ अमिसा थापामगरलाई धनु स्मृति छात्रवित्तिकोष बाट रु ५÷५ हजार नगद, प्रमाणपात्र तथा खादामालाले सम्मान गरेको थियो ।

कार्यक्रममा विभिन्न इकाई समितिका कलाकारहरुबाट सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएका थियो । संघका अध्यक्ष राम बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव लालबहादुर रानामगरले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष सु.मे. चन्द्र बहादुर पुर्जामगरले राख्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

809 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284