ताजा खबर

कास्की काँग्रेसद्धारा क्षेत्रीय सभापति शर्मालाई परेको पितृशोकप्रति दुःख व्यक्त

   १८ बैशाख २०७७, बिहीबार १५:०२      1,350 views

नेपाली काँग्रेस कास्की अन्तर्गतका विभिन्न तहका समितिले नेपाली काँग्रेस क्षेत्र नं ३ कास्कीका सभापति पोषनाथ शर्मालाई पितृशोक परेकोमा दुःख व्यक्त गरेका छन् ।

नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति वृजमान गुरुङ, क्षेत्र नं २ का सभापति माधव बास्तोला ‘मधु’, क्षेत्र नं ३ का उपसभापति कमलबहादुर गुरुङ र पोखरा महानगर सभापति बजिरमान श्रेष्ठले छुट्टाछुट्टै शोक विज्ञप्ति प्रकाशित गरी दुःख व्यक्त गरेका हुन् ।

विज्ञप्तिमा दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

क्षेत्रीय सभापति शर्माका बुबा टेकनाथ पौडेलको ८३ वर्षको उमेरमा बुधबार बिहान पोखरा १८, विन्ध्येश्वरी टोल पोखास्थित निवासमा निधन भएको हो । उनी केही समयदेखि क्यान्सर र मुटु सम्बन्धी समस्याबाट प्रभावित थिए ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284