
कोईदिम सामुदायिक वनमा शिताके च्याउ खेती तालिम सम्पन्न
कोईदिम सामुदायिक वन उपभोक्ता समुह रिसिङ्ग २ कोईदिम तनहुँको आयोजनामा ३ दिने शिताके च्याऊ खेती तालिम सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालय तनहुँको सहकार्य र सामुदायिक वन उपभोक्ता समुहको आर्थिक लगानीमा समुहको जिविकोपार्जन एवं गरिवी निवारण कार्यक्रम अन्तरत सो तालिम आयोजना गरिएको हो ।
तालिममा कोईदिम सामुदायिक वन उपभोक्ता समुहका २० जना सहभागिहरुले भाग लिएका थिए । सिताके च्याऊ स्वास्थ्य बर्दक पोषिलो र सजिलै उत्पादन हुने भएकाले साथै यसको बजार मुल्य पनि राम्रो हुनाले यसको खेती तर्फ देशभरि नै आकर्षक बढी रहेको छ ।
यो च्याऊ कटुसको मुढामा खेती गर्न सकिन्छ । यसका लागि कटुसको रुखका १० देखि ३० से मि व्यास भएका र एक मिटर लामो मुढा काटेर तयार गरिन्छ ।
कटुसको मुढामा साना साना प्वाल वनाई सिताके च्याऊको विऊ राखी मैनले छोपेर प्लाष्टिकको टनेलमा राखी ३ देखि ६ महिनामा च्याऊ उत्पान गर्न सकिने च्याऊ विशेषज्ञ एवं तालिमका प्रशिक्षक सितल गुरुङले जानकारी गराउनु भयो । तालिम गत माघ ३ गते देखि ५ गते सम्म संचालन भएको थियो ।

तालिमका सहजकर्ता वन अधिकृत कृष्णप्रसाद भट्टले सामुदायिक वनको जिविकोपार्जन एवं गरिवी निवारण कार्यक्रम अन्तरगत समुहको कुल आम्दानीको ३७.५ प्रतिशत रकम यस्ता सहज र सजिलै आर्थिक उत्पादन दिने तालिम एवं जिविकोपार्जन कार्यक्रममा खर्च गर्नुपर्ने प्रावधान अनुरुप तालिम संचालन भएको जानकारी गराउनु भयो ।
कोईदिम सामुदायिक वनका अक्षध्य यमबहादुर गुरुङको अध्यक्षतामा संचालन भएको तालिममा समुहका सल्लाहकार वुद्धिमान रानाले कार्यक्रम संचालन गर्नु भएको थियो ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00

उस्तै खबर





can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09