ताजा खबर

कोरोनाका कारण फेवा नव वर्ष महोत्सव स्थगित

   २६ चैत्र २०७६, बुधबार १९:२८      999 views

(कोभिड– १९) कोरोना भाइरसको संक्रमणपछि उत्पन्न परिस्थितिलाई ख्याल गर्दै नेपाली नयाँ वर्षका अवसरमा आयोजना हुँदै आएको फेवा नव वर्ष महोत्सव यसपटक स्थगित गरिएको आयोजक पश्चिमाञ्चल होटल संघ पोखराले जनाएको छ ।

संघका सदस्य व्यवसायीका नाममा मंगलबार एक पत्र लेख्दै संघका अध्यक्ष विकल तुलाचनले यसपटक आयोजना हुने क्रममा रहेको १७औं फेवा नव वर्ष महोत्सव स्थगित गरिएको जानकारी गराएका हुन् ।

पत्रमा भनिएको छ– कोरोना भाइरसले उत्पन्न विषम परिस्थितिमा नेपाल सरकारद्वारा उक्त संक्रमणलाई न्यूनिकरण गर्न घोषित लकडाउनका कारण १७औं फेवा नव वर्ष महोत्सव सम्पन्न गर्न असमर्थ भएको जानकारी गराउन चाहन्छौं ।

संघले आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत नेपाली नयाँ वर्षलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गरी बढी भन्दा बढी पर्यटक भित्र्याई यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले फेवा नयाँ वर्ष महोत्सव संचालन गर्दै आइरहेको थियो । महोत्सवले गण्डकी प्रदेश तथा नेपालको जातीय भेषभुषा, रहनसहन, खानपान, सांस्कृतिक पक्षहरुको उजागर साथै प्राकृतिक सम्पदाहरुको प्रर्वद्धन समेत गर्दै आएको थियो ।

यसैगरी संघले लकडाउनलाई पूर्ण समर्थन र सहयोग गर्दैै समस्त सदस्यहरुलाई उक्त लकडाउनको पुर्ण पालना गर्न पनि अनुरोध गरेको छ । यही अवसरमा संघले नयाँ वर्ष २०७७ को शुभकामना पनि व्यक्त गरेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284