
कोरोनाका कारण फेवा नव वर्ष महोत्सव स्थगित
(कोभिड– १९) कोरोना भाइरसको संक्रमणपछि उत्पन्न परिस्थितिलाई ख्याल गर्दै नेपाली नयाँ वर्षका अवसरमा आयोजना हुँदै आएको फेवा नव वर्ष महोत्सव यसपटक स्थगित गरिएको आयोजक पश्चिमाञ्चल होटल संघ पोखराले जनाएको छ ।

संघका सदस्य व्यवसायीका नाममा मंगलबार एक पत्र लेख्दै संघका अध्यक्ष विकल तुलाचनले यसपटक आयोजना हुने क्रममा रहेको १७औं फेवा नव वर्ष महोत्सव स्थगित गरिएको जानकारी गराएका हुन् ।
पत्रमा भनिएको छ– कोरोना भाइरसले उत्पन्न विषम परिस्थितिमा नेपाल सरकारद्वारा उक्त संक्रमणलाई न्यूनिकरण गर्न घोषित लकडाउनका कारण १७औं फेवा नव वर्ष महोत्सव सम्पन्न गर्न असमर्थ भएको जानकारी गराउन चाहन्छौं ।
संघले आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत नेपाली नयाँ वर्षलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गरी बढी भन्दा बढी पर्यटक भित्र्याई यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले फेवा नयाँ वर्ष महोत्सव संचालन गर्दै आइरहेको थियो । महोत्सवले गण्डकी प्रदेश तथा नेपालको जातीय भेषभुषा, रहनसहन, खानपान, सांस्कृतिक पक्षहरुको उजागर साथै प्राकृतिक सम्पदाहरुको प्रर्वद्धन समेत गर्दै आएको थियो ।
यसैगरी संघले लकडाउनलाई पूर्ण समर्थन र सहयोग गर्दैै समस्त सदस्यहरुलाई उक्त लकडाउनको पुर्ण पालना गर्न पनि अनुरोध गरेको छ । यही अवसरमा संघले नयाँ वर्ष २०७७ को शुभकामना पनि व्यक्त गरेको छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26