ताजा खबर

कोरोना देशलाई स्वाधीन अर्थतन्त्र र आत्मनिर्भर बनाउने अवसर ः सांसद विद्या भट्टराई ।

   २४ जेष्ठ २०७७, शनिबार १२:०६      1,248 views

जुना थापा


प्रतिनिधि सभा सदस्य एवं सांसद विद्या भट्टराईले कोरोना कहर देशलाई स्वाधीन अर्थतन्त्र र आत्मनिर्भर बनाउने अवसर भएको बताउनुभएको छ ।


नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीले सुरु गरेको विद्यार्थीसँग शिक्षक संगठन भन्ने उद्घोषका साथ राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगितामा भट्टराईले विकासोन्मुख राष्ट्रले हरेक अवरको सम्भावनामा रुपान्तरण गर्नुपर्नेतर्फ इङ्गित गर्दै भट्टराइले यस्तो बताउनुभएको हो ।


त्यस्तै भौतिक विकास मात्र समृद्धि र विकासको आधार नभएकाले समता, समानतामूलक समाज निर्मांणमा जोड दिनुभयो । भट्टराइृले जबसम्म समाजबाट विभेदकारी नीति जस्तै जातिय, धार्मिक, लैङ्गिक विभेदलाई व्यवहारिक रुपमा नै हटाउन जरुरी भएको बताउनुभयो ।


त्यस्तै कारोनाको कारण नेपाल मात्र नभई विश्व अर्थतन्त्र नै डामाडोल भएकाले अब आर्थिक रुपमा आत्मनिर्भर हुन चुनौति थपिएकाले यस समस्याबाट मुक्त हुन राज्यको नै लाग्नुपर्ने बताउनुभयो ।


कोरोनालाई जित्नका लागि हरतरह र हरेक नेपालीले आफूले सक्ने ठाउँबाट सहयोग गर्न पनि उहाले आग्रह गर्नुभयो । उहाँले कोरोनाको कहर र लकडाउनको विषम परिस्थितिमा पनि विद्यार्थीलाई सिकाइमा सक्रिय बनाउन उत्प्रेरित गरेकोमा शिक्षक संगठनलाई बधाई र सफलताको शुभकामना दिनुभयो ।

त्यस्तै कार्यक्रमको समीक्षा गर्दै नेपाल प्रगतिशील प्राध्यापक संघका केन्द्रिय अध्यक्ष प्रा.डा. यादवप्रकाश लामिछानेले वर्तमान समस्याका बावजुद पनि विद्यार्थीहरुको सहभागिता र विषय वस्तुप्रतिको गाम्भीर्यता, गहिराइ, प्रस्तुति अत्यन्त प्रसंशायोग्य भएको बताउनुभयो । नेटवर्कको कारणले कुनै विद्यार्थीको प्रस्तुतिमा हाउभाउको समस्या देखिएकाले यसमा निर्णायक मण्डलले यसमा स्वविवेक प्रयोग गर्नु पर्नेमा जोड दिनुभयो ।


त्यस्तै नेपाल शिक्षक युनियन कास्कीका पूर्व अध्यक्ष तथा नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष जगन्नाथ अधिकारीले अबको युग भनेको सूचना र प्रविधिको युग भएकाले कोरोनाले हामी शिक्षक, विद्यार्थी र अभिभावकलाई प्रविधिमा जोडिन सिकाएको बताउनुभयो । यो प्रतियोगिता पनि यसै कोरोनाको कारण सम्भव भएको र समयको मागलाई नेपाल राष्ट्रिय शिक्षक संगठनले महत्तपूर्ण भूमिका खेलेको बताउनुभयो ।


कार्यक्रमको अध्यक्षता गर्नुभएका संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले समयको मागलाई मध्यनजर गर्दै संगठनले पहिलो चरणको अनलाइन मार्फत नै शिक्षक तालिम र दोस्रो चरण अन्र्तगत वक्तृत्वकला प्रतियोगिता राखिएको बताउनुभयो । विद्यार्थीको सक्रिय सहभागिता सँगै कार्यक्रममा बालप्रतिभालाई जोड दिँदै भोलिको लागि अब कहाँ आउँछ बालापनको उमेर गीतका बालगायिका समीक्षा अधिकारी र भारतीय टिभी रियालिटी शो लिटल च्याम्सका टप फोर आयुष केसीको प्रस्तुती रहने जानकारी दिनुभयो ।


वक्तृत्वकला प्रतियोगितामा देशभरबाट ९७ जना विद्यार्थीहररु सहभागी मध्ये प्रतियोगिताको तेस्रो दिन ः“आत्मगौरवका लागि आत्मनिर्भरता भन्ने शीर्षकमा अपेक्षा गिरी, अपेक्षा थापा, अशोक थापा, बमबहादुर बिक, वर्षा केसी, वर्षा क्षेत्री, वरुण लम्साल, वसन्त सापकोटा, भूमिका पौडेल, विकास गिरी गरी १० जना विद्यार्थीले वक्तृत्व प्रस्तुत गरेका थिए ।


विभिन्न चरण गरी १३ दिनसम्म चल्ने वक्तृत्वकला प्रतियोगिताका निर्णायक मण्डलमा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. यदुनन्दन उपाध्याय, सहप्रा.डा. पुण्यप्रसाद शर्मा, पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत डोलराज अर्याल र नेपाली भाषा शिक्षक परिषद कास्कीका अध्यक्ष डिल्लीराम अर्याल रहेका छन् ।


त्यस्तै आइतबारका गोलाप्रथाद्धारा लागि कोरोना कहर, देश विकासका लागि अवसर भन्ने शीर्षक छनोट गरिएको निर्णायक डोलराज अर्यालले बताउनुभयो ।


प्रतियोगितामा प्रथम हुनेले रु २५ हजार, दोस्रोले रु १५ हजार, तेस्रो हुनेले रु १० हजार, ७ जनालाई रु २ हजारका दरले सान्त्वना पुरस्कार र सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने कार्यक्रममा संयोजक तीर्थराज ढकालले जानकारी दिनुभयो ।


कार्यक्रमको मिडिया पार्टनर रेडियो अन्नपूर्ण पोखरा, सहआयोजक तथा सोसल मिडिया पार्टनर कुल्याब्स् डट कम र विशेष सहयोगी पोखरा महानगरपालिका रहेका छन् ।। कार्यक्रम हरेक दिन बिहान ७.३० देखि ९ बजेसम्म जुम एपमा हुनेछ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


أنابيب الخرسانة المسلحة في العراق يوفر مصنع إيليت بايب أنابيب الخرسانة المسلحة المثالية لتحمل الأحمال العالية والظروف القاسية في مشاريع البنية التحتية. تم بناء هذه الأنابيب باستخدام تقنيات التعزيز المتقدمة لضمان المتانة والاعتمادية. كأحد أفضل المصانع في العراق، يضمن مصنع إيليت بايب أن أنابيب الخرسانة المسلحة الخاصة بنا تلتزم بجميع المعايير اللازمة وتوفر أداءً استثنائيًا. لمزيد من المعلومات، قم بزيارة elitepipeiraq.com.

Written by الأنابيب الفولاذية المجلفنة 2024-09-25 00:47:29

أنابيب الرصاص في العراق تُعرف مصنع إيليت بايب كمزود موثوق لأنابيب الرصاص في العراق. على الرغم من الانخفاض في استخدام أنابيب الرصاص في التطبيقات الحديثة بسبب المخاوف الصحية، تحافظ مصنع إيليت بايب على إرثها في توفير أنابيب رصاص عالية الجودة للتطبيقات المحددة التي لا تزال تحتاج إليها. يضمن التزامنا بالموثوقية والتميز أننا نقدم منتجات تلبي أعلى معايير الأداء. للحصول على معلومات حول أنابيب الرصاص لدينا وتطبيقاتها، قم بزيارة موقعنا الإلكتروني على ElitePipe Iraq.

Written by أنابيب النحاس 2024-09-25 00:39:00

Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно

Written by Clarissa1170 2024-06-04 19:57:36
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284