ताजा खबर

कोरोना र बाढी पहिरो प्रभावित ४० जना मगर कलाकारलाई राहत वितरण

   ३२ श्रावण २०७७, आईतवार १८:४६      1,427 views

नेपाल मगर साँस्कृतिक कलाकार समन्वय समिति कास्कीले आज कोरोना र बाढी पहिरोबाट प्रभावित भएका आफना ४० जना सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरि राहत वितरण गरेको छ ।

समितिले कार्य समितिलाई नगद र अरु कलाकारहरुलाई खाद्यन्न गरि ४० जना कलाकारलाई राहत विगत गरेको समितिका अध्यक्ष सरिता सारु मगरले जानकारी दिनुभयो ।


खाद्यन्न वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेसका महासमिति सदस्य तथा पृथ्वीनारायण क्यापम्पस पोखराका पुर्व प्राध्यपक नवराज गुरुङले देशको नाम राख्ने र देशलाई अन्तर्राष्ट्रि जगतमा चिनाउने कलाकार विपतीको चपेटामा पर्दा समेत सरकारको ध्यान जान नसकेको बताउनुभयो ।

कलाकारलाई राष्ट्रले सधैं उचित सम्मान गर्नुपर्ने भन्दै उहाँले परि आए आफू सधैं कलाकारको सहयोगको निम्ती प्रतिबद्ध रहेको बताउनुभयो । निजी क्षेत्रका सहयोगी दाताहरुको पहलमा संकटमा परेका कलाकारलाई समितिले राहत बाँडेर ठूलो पुण्यको काम गरेको भन्दै आयोजकलाई उहाँले धन्यवाद समेत दिनुभयो ।


अहिले देश कोरोनाले भन्दा पनि बाढी पहिरोले बढी प्रभावित भएको भन्दै यतिबेला सरकार कहाँ छ भनेर आफूलाई प्रश्न गर्न मन लागेको उहाँको भनाई छ । कलाकार देशकै सम्पत्ति भएको भन्दै उनीहरुको उचित संरक्षण राज्यले गर्नुपर्ने गुरुङले बताउनुभयो ।

कार्यक्रम सम्पन्न गर्नका निम्ती बेलायतबाट नेप्लिज पिपुल युकेमा आबद्ध २४ जनाले १ लाख २५ हजार सहयोग गरेको छ । जुन सहयोग जुटाउन बेलायतमा कलाकार मधुसुदन थापामगर, पत्रकार मिलन तमू, जेएल गुरुङ र कुलराज गुरुङले विशेष पहल गर्नुभएको थियो ।

यस्तै हङकङ निवासी हेम पुनले ३० हजार, कतार निवासी देवेन्द्र रानामगरले ५ हजार ५ सय ५५, संस्थाका अध्यक्ष सरिता सारु मगरले ५ हजार र व्यवसायी दानबहादुर श्रीषमगरले २ हजार ५ सय रुपैंया सहयोग गर्नुभएको समितिका सचिव सुरेश रानामगरले जानकारी दिनुभयो ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284