ताजा खबर

क्यान इन्फोटेक फागुनमा, साथमा फुड फेस्टिवल

   २४ पुष २०७५, मंगलवार १७:००      1,969 views


कम्प्युटर एशोएिसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा दसौं संस्करणको ‘क्यान इन्फोटेक–२०१९’ हुने भएको छ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आगामी फागुन १८ देखि २४ गतेसम्म इन्फोटेक हुने क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले जानकारी दिए । इन्फोटेकको तयारी सुरु भएको उनले बताए ।


इन्फोटेकमा कम्प्यूटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक एवं नविनतम प्रविधिको जानकारी दिइने पौडेलले बताए । इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नविनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण गरिने उनले जानकारी दिए ।


इन्फोटेकमा सूचना, प्रविधिसँग सम्बन्धित १ सय भन्दा बढी स्टल रहने सचिव विकास भुर्तेलले जानकारी दिए । इन्फोटेकले सूचना प्रविधिको विकास एवं प्रवद्र्धनको लागि महत्वपूर्ण योगदान पु¥याउने भुर्तेलले बताए । सर्वसाधारणसम्म सूचनाको पहु“च र प्रविधिको बारेमा जानकारी गराउन इन्फोटेक सहयोगी हुने क्यानको विश्वास छ ।


क्यान इन्फोटेकसँगै सिटी रेवान पोखराले आयोजना गर्ने फुड फेस्टिवल पनि सोही समयमा प्रदर्शनी केन्द्रमा हुनेछ । फुड फेस्टिवल फागुन १७ देखि २५ गतेसम्म सञ्चालन हुने सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए । फुड फेस्टिवलमा खानाका विभिन्न परिकारसँगै मनोरञ्जनात्मक गतिविधि, सांस्कृतिक कार्यक्रम, बाल उद्यान, स्थानीय उत्पादनहरुको बिक्री तथा प्रदर्शनी गरिनेछ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284