
क्षत्री महिला समाज नेपालको नयाँ नेतृत्वमा उर्मिला खड्का निर्वाचित
क्षत्री महिला समाज नेपालको केन्द्रिय महाधिवेशन पोखरामा सम्पन्न भएको छ । जातिय अखण्डता र जातिय सद्भावको निम्ति क्षत्री एकता आजको आवश्यकता भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै सम्पन्न महाधिवेशनले उर्मिला खड्काको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

देश भर छरिएर रहेका क्षत्रीहरुको भेलाबाट वरिष्ठ उपाध्यक्षमा लक्ष्मी देवि जि.सी , प्रथम उपाध्यक्ष धनी कला कुवँर, द्धितिय उपाध्यक्षमा भगवती देउजा र तेस्रो उपाध्यक्षमा कृष्णमाया खत्री निर्वाचित हुनुभएको छ । केन्द्रिय महासचिवमा बिमला भण्डारी, कोषाध्यक्षमा सृजना थापा, सह–सचिवमा राजकुमारी थापा चयन हुनुभएको छ ।
यसै गरी सदस्य तर्फ ईन्द्रमाया बाँनिया, कमला कार्की, दुर्गा देवि बस्नेत, गंगा के.सी, गिता महत, अम्बिका खड्का दिलमाया बिष्ट सरस्वती जिसी इन्देणी अधिकारी लक्ष्मी क्षत्री, सपनादेवी धिताल, गिता क्षत्री , ईन्दिरा खत्री , ईन्दिरा कार्कि , लक्ष्मी बस्नेत, पूतली कँुँवर, सनिता कार्कि ,मिठू कार्कि गरि १८ जना सदस्यहरु निर्वाचित भएका छन् ।

नबनिर्बाचित अध्यक्ष उर्मिला खड्काले समाजको अस्तीत्व कायम गर्नका लागि देशभरका क्षत्रीहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । बिगत लामो समयदेखि समाजमा रहेर कार्यगर्दे आएको अनुभवले आफूमा अझै उर्जा थपिएको बताउँदै अग्रज र समकक्षिबाट सहि दिशा प्रदान हुनेमा आफू बिश्वस्त रहेको बताउनुभयो । महाधिवेशन सम्पन्न गर्नका लागि समाजका अग्रज तथा शुभचिन्तकहरुले पु¥याउनुभएको योगदानप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि साथ र सहयोगको उहाँले अपेक्षा गर्नुभयो ।
क्षत्री महिला समाज का निर्वतमान अध्यक्ष प्रदेश सांसद पुष्पा के.सी भण्डारीले समाज परिवर्तनका लागि महिलाहरुको योगदान उच्च रहेको बताँउदै क्षत्री महिला हुनुमा आफूलाई अझै गर्व लागेको बताँउनुभयो । समाजको उद्देश्य अनुसार नै नयाँ कार्य समिति अगाडि बढ्नेमा आफू बिश्वस्त रहेको बताउँदै आफनो साथ सदैव रहने कुरामा जोड दिनुभयो ।
राज्यको महत्वपूर्ण जिम्मेवारीमा आफू रहिरहदाँ सम्पूर्ण महिलाको हक हितका लागि सदैव लागिरहने समेत उहाँले बँताउनुभयो । ऐतिहासिक महाधिबेशनबाट केन्द्रिय महासचिवमा निर्वाचित नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष एवं रेडियो जननीका स्टेशन म्यानेजर बिमला भण्डारीले समाजलाई अग्रगतिमा लैजानका निम्ति कुनै कसुर बाँकी नराख्ने बताउनुभयो ।

क्षत्री महिलाहरुको शसक्तिकरणका लागि बिभिन्न तालिमहरु तथा जनजागरणका कार्यक्रम समेत देशभर लैजाने योजनाहरु समेत समितिले ल्याउने तयारी रहेको उहाँले बताउनुभयो । समाजको स्थापनाकालदेखि नजिक रहेर योगदान पु¥याँउदै आउनुभएकी भण्डारीले नयाँ जिम्मेवारीसँगै उत्साह पनि थपिएको बताँउनुभयो ।

अग्रजको सम्मान र सहकर्मिको साथले समाज द्रुत गतिमा अगाडि बढ्नेमा आफू ढुक्क रहेको बताउँनुभयो । क्षत्री समाज नेपालका अध्यक्ष प्रा. डा. चन्द्र बहादुर थापाले समाजको महत्वपूर्ण अंगको रुपमा महिलाहरु रहेको बताँउदै नयाँ समितिले द्रुत गतिमा आफ्ना कार्यक्रम अगाडि बढाउनुका साथै नजिकिदै गरेको क्षत्री समाज नेपालको केन्द्रिय महाधिवेशनलाई सफल पार्नका लागि आब्हान गर्नुभयो ।

उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52