ताजा खबर

खहरे आमा समुहद्वारा सरसफाईसंगै वृक्षारोपण

   २३ असार २०७६, सोमबार १०:१८      1,139 views

पोखरा । पोखरा महानगरपालिका वडा नं. ६, खहरेस्थित खहरे आमा समुहले आफ्नो नियमित फेवाताल सफाईको १२४ औं हप्ता खहरे घाटमा सरसफाई तथा वृक्षरोपण गरी शनिबार सम्पन्न गरेको छ ।

महानगरपालिकाबाट प्राप्त बर, पिपल, रुद्राक्ष, निम, कपुर, आँप, एबोकार्डो लगायतका ट्रिगार्ड सहितका ५० बिरुवाहरु रोपिएको अध्यक्ष मैया भट्टराई थापाले वताउनुभयो।


कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व पोखरा–६ का वडाध्यक्ष जगत पहारीले आमा समुहले हप्तैपिच्छे तालको सरसफाई गरेर अनुकरणीय काम गरेको र आफु निर्वाचित भए पछि वडाले धेरै काम गरिसकेको बताए ।

विशेष आमन्त्रित महानगरपालिकाका सूचना अधिकृत गंगालाल सुवेदीले आमा समुहको कामको प्रशंसा गर्दै महानगरपालिकाले आवश्यकता अनुसार प्रकृया मिलाएर सहयोग पुयाउने बताए।


वडाध्यक्ष र सूचना अधिकृतले संयुक्त रुपमा वृक्षारोपण गरी उद्घाटन गरेको सो कार्यक्रममा सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष मीना भट्टराई, नागरिक समाज पोखराका प्रवक्ता ठाकुर बराल, बंगलादी टोल बिकास संस्थाका अध्यक्ष बलराम थापा, महिला पर्यटनका अध्यक्ष लक्की कार्की, महिला पर्यटन मन्चका अध्यक्ष जमुना पराजुली, सल्लाहकार गुरूदत्त पहारीले वातावरण सरसफाई वृक्षरोपण कार्यक्रम एकअर्काका पर्यावाची कुरा भएको वताएका थिए।


संस्थाकी अध्यक्ष मैया थापा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष अन्जना पहारीले र कार्यक्रमको संचालन सचिव पम्फा थापाले गरेकी थिइन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284