
खिलाङ तमू समाजको ३६औं वार्षिक उत्सव सम्पन्न, सिक्लेसमा निर्माणाधीन क्होंइबोलाई आर्थिक सहयोग
खिलाङ तमू समाज पोखराले आज एक कार्यक्रमको आयोजना गरि आफनो ३६औं वार्षिक उत्सव मनाएको छ ।

कोभिड–१९ को जोखिमका कारण समाजका कार्य समिति मात्रै उपस्थित भएर केक काटदै सामान्य रुपमा आफनो वार्षिक उत्सव मनाएको मादी १ का वडा सदस्य तथा खिलाङ गाउँका समाजसेवी टिकाराम गुरुङले जानकारी दिनुभयो ।
सो अवसरमा खिलाङ तमू समाजले सिक्लेसको हर्पुथरमा निर्माण भइरहेको नम्चु चिउली युउला क्होंइबोको लागि १ लाख रुपैंयाँ क्होंइबो निर्माण समितिका अध्यक्ष एवम् तमू प्ये ल्हु संघ केन्द्रिय पच्यु समितिका अध्यक्ष कुलप्रसाद गुरुङलाई हस्तान्तरण गर्नुभयो ।
सोही कार्यक्रममा खिलाङ तमू समाजका पुर्व अध्यक्ष रनबहादुर गुरुङले ५० हजार १० रुपैंयाँ क्होंइबो निर्माण सिमितिका अध्यक्ष कुलप्रसाद गुरुङलाई हस्तान्तरण गर्नुभयो । यस्तै पार्चे लेम्मै भाइखलकका सदस्यहरु तथा अन्य व्यक्तिहरुबाट पनि सो क्होंइबोको सहयोगार्थ ६० हजार २ सय १० रुपैंयाँ संकलन गरि जम्मा २ लाख १० हजार प्रदान गरिएको थियो ।

यस्तै आजै खिलाङ तमू समाजले सिक्लेसकै धप्राङथरमा निर्माण भई रहेको अर्को क्होंइबोको लागि पनि ५० हजार रुपैंया आर्थिक सहयोग गरेको छ । क्होइबो निर्माण समितिका अध्यक्ष पमबहादुर गुरुङलाई समाजका अध्यक्ष गणेशबहादुर गुरुङले सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

सो क्होंइबोलाई समाजका पुर्व अध्यक्ष रनबहादुर गुरुङले पनि नगद ५ हजार सहयोग गर्नुभएको छ । वार्षिक उत्सवको अवसरमा समाजका संस्थापक सचिव नरसुब्बा गुरुङले आफू ८४ वर्ष पुगेको उपलक्ष्यमा खिलाङ तमू समाजलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैंया आर्थिक सहयोग गर्नुभयो छ ।

उहाँले यसअघि पनि आफनो ८४औं जन्म उत्सवको अवसरमा खिलाङ गाउँको बसपार्कमा पनि ३ लाख बराबरको प्रतिक्षालय निर्माण गरिदिनु भएको छ ।
समाजका अध्यक्ष क्याप्टेन गणेशबहादुर गुरुङले केके काटेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि टिकाराम गुरुङले कोरोना भाइरस सम्बन्धी कविता लेखेर वाचन गर्नुभएको थियो ।

समाजका अध्यक्ष क्या.गणेशबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव पूर्णबहादुर गुरुङले गर्नुभएको थियो ।
उस्तै खबर





Awesome https://lc.cx/xjXBQT
Written by Jada2935 2025-04-25 16:38:00