
खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एमबी आस्था निर्वाचित
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्ष पदमा एमबी आस्था मगर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी सुरज श्रेष्ठलाई पराजित गर्दै एमबी निर्वाचित भएका हुन् । एमबी आस्थाले ३६ मत र सुरज श्रेष्ठले २७ मत पाएका थिए ।

यसैगरी मञ्चको उपाध्यक्ष (समावेशीमा) उमा आलेमगर निर्वाचित भइन् । आलेले ३६ मत पाउँदा उनका प्रतिस्पर्धी राधिका कँडेलले २७ मत ल्याइन् । महासचिवमा परशुराम शर्मा निर्वाचित भए । उनले ३८ मत पाउँदा उनका प्रतिस्पर्धी लक्ष्मी जिसी पल्पसाले २५ मत पाइन् । यसैगरी सचिवमा राजु गिरीले ४१ मत र कविता घर्तिमगरले २३ मत ल्याइ राजु गरी निर्वाचित भएका छन् । उपाध्यक्षमा राजाराम पौडेल र कोषाध्यक्षमा विमल तिवारी भने निर्विरोध भएका छन् ।
यसैगरी सदस्यहरुमा गीता राना मगर, बालकुमारी (तारा) पौडेल, कृष्ण दवाडी, चेतबहादुर (प्रवीण) थापामगर, बसबहादुर (वसन्त) शेर्पा, रिखिराम जिसी, विजय नेपाली चयन भएका छन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38