
गजल

सुर्यपाल,लमजुङ, हाल-मलेसिया
भुक्ने कुकुरले प्राय टोक्दैन भुकिरहन्छ।
फलेको हाँगो जुन छ नुघ्छ झुकिरहन्छ।।
जिन्दगी हो खेप्नु छ केही उतारचढाव
नदी पनि त बेलाबखत सुकिरहन्छ।
सजाय हुनु नै पर्छ गल्ती गर्नेलाई ,
अपराध गरेर कतिञ्जेल लुकिरहन्छ।
पर्ख समय आउँछ हतार नगर
नबोलाएसम्म पशु त ढुकिरहन्छ।
निर्दोष छु भन्दै गल्ती गर्नेलाई हेरत
प्रत्येक पाइलामा उ पक्कै चुकिरहन्छ।
उस्तै खबर





Awesome https://is.gd/N1ikS2
Written by Helena2828 2025-04-29 23:35:08