ताजा खबर

गणतन्त्र दिवसको अवसरमा संगठन सुदृढीकरण प्रशिक्षण सम्पन्न

   १७ जेष्ठ २०८२, शुक्रबार १७:१८      453 views

अखिल नेपाल महिला संघ पोखरा महानगर कमिटी वडा नं १४ ले पार्टीका सदस्यहरुको लागि १ दिने प्रशिक्षण सम्पन्न गरेको छ ।


गणतन्त्र दिवसको अबसर पारी संगठन सुदृढीकरण बिषयक प्रशिक्षण तथा सम्मान कार्यक्रम गरेको हो ।


अखिल नेपाल महिला संघको स्थायी कमिटी सदस्य तारामाया थापाको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षणमा मुख्य प्रशिक्षकको रुपमा संघका प्रदेश अध्यक्ष हिरा गिरी रहनुभएको थियो । गिरीले संघको संगठन निर्माण र परिचालन, वैठक संचालनको विधि सम्वन्धमा प्रशिक्षण दिनु भएको थियो । प्रभावकारी र प्रविधि मैत्री हिसाबले संचालन भएको प्रशिक्षण विधि अत्यन्त उत्कृष्ट रहेको थियो ।

प्रमुख अतिथि थापा मगरले महिलाहरुले आफ्नो अधिकार सुनिश्चितताको लागि खुलम खुल्ला बोल्न पाउनु गणतन्त्रको उपलब्धी भएको बताउँदै गणतन्त्रलाई संस्थागत ढंगले बगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले केन्द्रिय कमिटिको सर्कलर अनुसार गणतन्त्र दिवसको अवसरमा उक्त प्रशिक्षणको आयोजना गरिएको जानकारी पनि दिनुभयो ।

प्रशिक्षणमा संघका जिल्ला अध्यक्ष गिता बि क, महानगर कमिटीका अध्यक्ष पार्वती कार्की, महानगर कमिटीका उपसचिव सरिता वास्तोला, पार्टी वडा कमिटीका अध्यक्ष बटु कृष्ण कुंवर लगायतले शुभकामना दिनुभएको थियो ।


अखिन नेपाल महिला संघ वडा कमिटिका अध्यक्ष रमा वरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा सचिव सरिता गुरुङले गर्नु भएको थियो भने पार्टी वडा कमिटीका अध्यक्ष वटु कृष्णले शुभकामना मन्तव्य दिनु भएको थियो ।


प्रशिक्षणमा वडा भरिका करिव ८० जना अगुवा महिलाको उपस्थिति रहेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284