ताजा खबर

गण्डकी प्रदेशको बजेट बहुमतद्धारा पारित

   २० असार २०७६, शुक्रबार १५:४९      2,137 views

गण्डकी प्रदेश सरकारले साउन १ गते प्रदेश सभामा पेश गरेको आगामी आर्थिक बर्ष २०७६÷०७७ को बजेट शुक्रबार पारित भएको छ । प्रदेश सभामा बजेट माथी दफाबार छलफल पश्चात बहुमतद्धारा बजेट पारित भएको हो ।

प्रदेश सरकारले गत साउन १ गते आगामी आर्थिक बर्षका लागि ३२ अर्ब १३ करोडको बजेट रुपैयाँ बराबरको बजेट प्रदेश सभामा पेश गरेको थियो ।


प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पेश गरेको बजेटमा चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० विनियोजन गरिएको छ ।
बजेट पारितसँगै प्रदेश सभा बैठक साउन ५ गतेसम्मका लागि स्थगित भएको छ ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284