ताजा खबर

बाढी पहिरोबाट विस्थापित भएकाहरुको घर प्रदेश सरकारले बनाइदिन्छ- मुख्यमन्त्री गुरुङ

   २७ श्रावण २०७७, मंगलवार १९:०९      1,219 views

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा बाढी र पहिरोले विस्थापित भएका सबै नागरिकको घर प्रदेश सरकारले बनाई दिने बताउनु भएको छ ।

आज नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २१औं स्थापना दिवसको सन्दर्भ पारेर फोनिज गण्डकीले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।


देश कोरोनाबाट अक्रान्त भई रहेको बेला यसवर्षको बाढी र पहिरोबाट गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित भएको र धेरै धनजनको क्षति भएको भन्दै उहाँले घरबार विहिन भएका नागरिकलाई प्रदेश सरकारले घर बनाइदिने र त्यसको लागि स्थानिय तहको सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।

साथै उहाँले अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेश कोरोना भाइरसको नियन्त्रणमा केही हदसम्म सफल भएको भन्दै अहिले गण्डकी प्रदेशमा दैनिक १ हजारदेखि १५ सय मानिसको कोरोना परिक्षण हुँदै आएको बताउनुभयो ।

उहाँले पिसिआर परिक्षण कुनै खोप लगाए जस्तो नभएको भन्दै सबै मानिसमा पिसिआर परिक्षण जरुरी नरहेको र रोगको शंका लागेकोहरुले मात्रै पिसिआर परिक्षण गर्नुपर्ने बताउनुभयो ।
अहिले प्रदेश सरकारले दैनिक पिसिआर परिक्षणलाई शुन्यमा झार्ने गरेको र दैनिक ३ वटा मेनिसबाट पिसिआर परिक्षण भइरहेको समेत बताउनुभयो ।

नेपालमा अहिले दक्ष कामदारको अभाव रहेको भन्दै भारतीय कामदारहरु नेपाल आउन नपाउदा सडक पिच गर्ने लगायतको काम ठप्प रोकिएको भन्दै नेपाली नागरिकले पनि बाटो पिच गर्नेदेखि सबै खाले प्राविधिक काम सिकेर दक्ष बन्नुपर्ने उहाँको भनाई छ ।

यसवर्ष अत्यधिक परेको झरीले गर्दा अहिले गाउँगाउँ जोड्ने सबै बाटोहरु २ महिनादेखि बन्द रहेको भन्दै दशैभित्र सबै बाटो सफा गरेर सुचारु गरिने समेत उहाँले बताउनु भएको छ । साथै उहाँले सबै तहको सरकारले आ आफनो दायित्वभित्र पर्ने सडकको मर्मत गरि सफा गर्न समेत आग्रह गर्नुभएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284