ताजा खबर

गण्डकी प्रदेश प्रमुख गुप्तेश्वर महादेव गुफाको महाआरतिमा सहभागी

   १४ श्रावण २०७६, मंगलवार ०८:४०      1,371 views

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको गुप््तेश्वर महादेवको पुजा एवम् महाआरतिमा सहभागी भएका छन् ।

साउनको दोश्रो सोमबार उनले विहान गुफामा रहेको महादेवको मन्दिरमा विधिपूर्वक पूजाआजा गर्नुका साथै साँझमा भएको महाआरतिमा मुख्य कर्ताको रुपमा सहभागी भएका हुन् ।

सो अवसरमा मन्दिरका पुजारीद्धय तारानाथ आचार्य र गोकुल अधिकारीका साथै बटुकहरुले पुजा गराएका थिए ।

प्रदेश प्रमुखको स्वागतको लागि समितिका कार्यवाहक अध्यक्ष गोपाल वराल, उपाध्यक्ष इश्वरी प्रसाद लम्साल, सचिव हरि लम्साल, पुजा उपसमिति संयोजक सीता वराल लगाएतका व्यवस्थापन समितिका पदाधिकारीले फुलमाला लगाएर स्वागत गरेका थिए । गुफामा साउन महिनाको हरेक सोमबार दर्शनार्थीको भिड लाग्छ भने शिवरात्रीका बेला विशेष मेला लाग्ने प्रचारप्रसार समितिका कृष्ण रानाभाटले वताए ।

गुफाले हरेक सोमबार साँझ साँढे छ वजेबाट गर्दै आएको महाआरतिमा भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको र कर्ताहुन चाहनेहरु नामदर्ता गरी आरतिमा सरिक हुँदै आएका कार्यलय प्रमुख नारायण पौडेलले वताए ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284