गायक आषिश गुरुङको ‘ए ङोल्यो नानी’ गीत विमोचन
गायक तथा मोडल आषिश गुरुङको दोस्रो गीति कोसेली ए ङोल्स्यो नानी शनिबार पोखरामा विमोचन गरिएको छ ।
गुरुङ फिल्म एशोसियशन नेपाल जिफानका निवर्तमान अध्यक्ष गिरीप्रसाद गुरुङले गीतको विमोचन गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै उहाँले नयाँ पुस्ताले गुरुङ गीत संगीतमा चासो राख्दै अघि बढनुभनेको अति नै सराह्रनीय कुरा भएको भन्दै थप सफलताको शुभकामना दिनुभयो ।
गीतमा गायक आषिश गुरुङ र स्नेह गुरुङको अभिनय रहेको छ । आषिश गुरुङ र उषा गुरुङको स्वरमा रहेको गीत लालसुब्बा गुरुङको शब्द रहेको छ भने संगीत लालसुब्बा गुरुङको रहेको छ । यस्तै राजबहादुर गुरुङले गीतमा निर्देशन गर्नुभएको छ ।
कास्कीको भाचोकमा गाउँमा गीतका छायाँङकन गरिएको छ ।
कार्यक्रममा गीतका सर्जक लालसुब्बा गुरुङले आफूले गीतको शब्दहरु चयन गर्दा तमू जातिको भाषा संस्कारको संरक्षण हुने गरि शब्द चयन गरेको बताउनुभयो ।
यस्तै अर्का गीतकार देवीजंग गुरुङले गीत संगीत पनि पुस्ता हस्तान्तरण हुँदै जाने भन्दै अग्रज पुस्ताबाट सिक्ने र नयाँ पुस्तालाई केही सिकाउँदै जानुपर्ने बताउनुभयो । सुपर युनिक फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको गीतमा निर्माता छवि गुरुङ रहनुभएको छ ।
नादा तमू समाज पोखरामा विमाचोन भएको कार्यक्रम सुपर युनिक फिल्मस् प्रा.लि.का निर्देशक प्रेम गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने गायक आषिश गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
यसैबीच सोहि गीतमा सम्बन्धित रहेर आयोजना गरिएको टिकटक प्रतियोगिताको विजेताहरुलाई हिजै पुरस्कार वितरण गरिएको छ ।
विजेताहरुमा प्रथम सचिन गुरुङ, द्धितिय अञ्जु गुरुङ र तृतिया इन्जु थापामगर रहनुभएको छ । विजेताहरुले क्रमशः १० हजार, ८ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09