गायक प्रसाद खप्तरी मगरलाई सहयोग रकम हस्तान्तरण
मीना थापा मगर
पोखरा
दुवै मृगौला पिडीत गायक तथा कलाकार प्रसाद खप्तरी मगरलाई नपाल मगर संघ रामबजार पोखराले संकलन गरेको रकम हस्तान्तरण गरेको छ ।

संघले संचालन गरेको रकम संकलन अभियानमा संकलन भएको रु ६१,१५०।– (एकसठ्ठी हजार एक सय पचास रुपैयाँ) रुपैयाँ संघका अध्यक्ष सुधा थापा मगरले पिडीत खप्तरीलाई हस्तान्तरण गरेका हुन् । नेपाल मगर संघ केन्द्रिय समितिका संस्कृतिक विभाग उपाध्यक्ष कविराज मगर लगायत उहाँकै उपरिवार सहितको उपस्थितिमा टिचिङ हस्पिटलकै प्राङ्गणमा सो रकम हस्तान्तरण गरिएको हो ।
थुप्रै मौलिक तथा सांस्कृतिक गीत संगीतका सर्जक तथा गायक खप्तरी मगरले नेपाल मगर संघ रामबजारले निर्माण गरेको मौलिक सालैजो ‘म त परे मगर’ गीतमा समेत स्वर दिएका छन् । “कलाकार राष्ट्रका गहना हुन्, उनीहरुको दुःखमा साथ सहयोग गर्नु हामी सबैको दायित्व हो” थापा मगरले भन्नुभयो ।
दुवै मृगौलाले काम गर्न छाडेपनि सबैको साथ, सहयोग र मायाले आफुलाई थप हौसला मिलेको बताउँदै खप्तरी मगरले सहयोग गर्नुहुने सबै सहयोगी दाताहरुलाई धन्यवाद दिएका छन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38