ताजा खबर

गायक राजबहादुर गुरुङको ङोल्स्यो म्हिथेबा लोकार्पण, कभर नृत्य बिजेताले ८० हजार पुरस्कार पाउने

   ३ श्रावण २०७६, शुक्रबार १७:४८      1,724 views

सुपर युनिक फिल्मस् प्रा.लि.को आयोजनामा गायक राजबहादुर गुरुङको पहिलो गीति कोसेली ङोल्स्यो म्हिथेबा आज पोखरामा लोर्कापण भएको छ ।

राजबहादुर गुरुङ र मिलन नेवारको स्वर रहेको गीतमा बेलायत निवासी के.बि. गुरुङको शब्द र मनोज गुरुङको संगीत रहेको छ भने तेजेन्द्र गुरुङले म्युजिक एरेन्ज गर्नुभएको छ ।
गुरुङ फिल्म एशोसियशन नेपाल (जिफान)का अध्यक्ष गिरीप्रसाद गुरुङले एक समारोहका बीच गीतको लोर्कापण गर्नुभएको हो ।

सो अवसरमा बोल्दै उहाँले नेपाल विभिन्न भाषा संस्कृतिको मुलुक भएको भन्दै भिन्न भाषाभाषीको गीतले यहाँको कला र संस्कृतिलाई जोगाउन र बढाउन ठूलो मद्दत पुग्ने बताउनु भयो ।
साथै उहाँले नयाँनयाँ कलाकारहरु उत्साह पूर्वक यो क्षेत्रमा आउनु भनेको एकदमै राम्रो प्रयास रहेको भन्दै गीतको सफलताको कामना गर्नुभयो ।


यस्तै गीतका गायक राजबहादुर गुरुङले आफू लामो समयदेखि नृत्य र गायनको क्षेत्रमा क्रियाशील रहेता पनि आफनै आवाजमा गीत रेकर्ड गर्ने र गायक बन्ने वर्षौदेखिको चाहना पूरा नभई रहेको अवस्थामा यो गीतले आफनो अधुरो इच्छालाई पूरा गरिदिएको भन्दै खुसी व्यक्त गर्नुभयो । साथै उहाँले गीत तयार गर्न सहयोग गर्ने सबै सहयोगीहरुप्रति आभार समेत व्यक्त गर्नुभयो ।

हिमालयन रिडर्स करर्न न्युरोडको सभाहलमा आयोजना भएको कार्यक्रम सुपर युनिक फिल्मस् प्रा.लि.का सञ्चालक प्रेमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रम पत्रकार रोशनी गुरुङले सञ्चालन गर्नुभएको थियो ।


यसैबीच ङोल्स्यो म्हिथेबा गीतमा कभर डान्स प्रतियोगिता आयोजना गरिने भएको छ ।
गीतको प्रचार प्रसार र नवप्रतिभाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सो गीतमा कभर डान्स प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागि हुन इच्छुक समुहले आगामी कत्र्तिक ३० गतेभित्र आफनो गीत बुझाई सक्नुपर्ने छ भने भिडियो मोबाइल, क्यामारा आदिले छायांकन गरी ल्याउन सकिने तर गीतमा शीर्षक नलेखि ल्याउनुपर्नेछ ।
सहभागि हुने समुहले भिडियो मञ्च, कुनै समारोह र अन्य ठाउँमा छायांकन गरि ल्याउन सकिने छ भने प्रवेश निशुल्क रहेको बताइएको छ ।


बिजेताको घोषणा युटयुब दर्शक (ख्ष्भधच) को आधारमा गरिने भएको छ भने सहभागि सबै समुहलाई मायाको चिनो र प्रशंसा पत्र प्रदान गरिने भएको छ ।


नतिजा घोषणा आगामी माघ १ गते दिउँसो २ बजे पोखरामा भव्य समारोहका बीच हुने र सोहि समारोहमा पुरस्कार वितरण गरिने छ ।

प्रतियोगिताको बिजेता समुहले नगद ८० हजार र उपबिजेता समुहले नगद ४० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिहरुको गीत स्ट्रिम नेपालको युटयुब च्यानलबाट प्रसारण हुने आयोजकले जानकारी दिएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.

Written by truck scale suppliers in Iraq 2024-12-05 14:40:24

BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.

Written by truck scale suppliers in Iraq 2024-12-05 14:40:08

BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.

Written by truck scale suppliers in Iraq 2024-12-05 14:39:53
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284