ताजा खबर

गायिका चन्द्रावती वाग्लेको तीन वटा तीज गीत एकसाथ बजारमा

   १० श्रावण २०७६, शुक्रबार २२:४१      2,008 views

गायिका तथा साहित्यकार चन्द्रावती वाग्लेद्धारा स्वरबद्ध गरिएको तीन वटा तीज गीत एकसाथ बजारमा आएको छ ।

आज पोखरामा आयोजित एक भव्य समारोहका बीच पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले उक्त तीनै वटा गीतको विमोचन गर्नुभएको हो ।
पोखरा महानगरपालिकाका अधिकृत समेत रहनुभएका वाग्लेले गीतमा आफनै रचना स्वर दिनुभएको छ ।


नरोए आमा…..गरिन कसैसँग कहिल्यै गुनासो…..र जागिरे महिलाको बिलौना बोलको तीन वटा गीत उहाँले एकसाथ तयार पार्नभएको हो ।
यसै वर्ष आफनो श्रीमान् गुमानउनु भएका वाग्लेले यो गीत कसैको नक्कल र कसैलाई व्याङग्य गर्नुभन्दा आफनै मनको पिर र वेदनालाई गीतमा पोखाएको बताउनु भयो । कास्कीको मादी गाउँपालिका वडा ९ मिजुरे जन्म घरभई तनहुँको म्याग्दे गाउँपालिका कर्मघर भएका वाग्ले विगत लामो समयदेखि पोखरा न्युरोडमा स्थायी बसोबास गर्दै आउनुभएको छ ।


साहित्यमा अत्यन्तै रुचि भएका वाग्लेले गीत, कविता आदि लेख्दै आउनुभएको छ भने यहि भदौ महिनाको अन्तिममा आफना दिवंगत पति हरिशचन्द्र वाग्लेको स्मृतिमा शोक काव्य समेत प्रकाशन गर्ने तयारी भई रहेको बताउनुभयो ।


कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले अहिलेको तीज गीतहरु बढी व्यापारिक भएको र संस्कृतिलाई धरापमा पार्दै गएको भन्दै अब यस्तो गीतमा परिवर्तन हुन जरुरी रहेको बताउनुभयो ।

तीज महिला पुरुष र सबै जातजाति तथा वर्ग क्षेत्रको मानिसको चाड भएकोले यसलाई सबैले साझा चाडको रुपमा मनाउनु पर्ने उहाँको भनाई छ ।


महिलाहरुले धेरै संघर्षपछि थुप्रै अधिकार पाएको भन्दै अब पाएको अधिकारलाई कार्यन्वयन गर्नुपर्ने बताउनुभयो । गायिका चन्द्रावती वाग्लेलाई बधाई दिदै उहाँले थुप्रै अप्ठयारो र असहज परिस्थितीका बीचमा पनि यति राम्रो गीतको सृजना गर्नु आफैमा साहसिक काम भएको भन्दै धन्यवाद समेत दिनुभयो ।
कार्यक्रममा साहित्यकार तथा सञ्चारकर्मी लक्ष्मी थापाले स्रष्टा चन्द्रावती वाग्लेको गीतको समिक्षा गर्नुभएको थियो ।


मुनाल रेकर्डिङ स्टुडियोमा रकेर्ड भएको गीतमा शब्द, स्वर र लय चन्द्रावती वाग्लेको रहेको छ भने निर्देशन बालकाशी गुरुङको रहेको छ । यस्तै छायांकन खिमबहादुर गुरुङ, एरेन्जर साहिल गायकको रहेको छ । गीतमा पवित्रा गुरुङ, सोनु गुरुङ र सरिता मगर लगायतको अभिनय रहेको छ । आजैदेखि सो गीत स्ट्रीम नेपालको युटयुव च्यानलबाट समेत एकसाथ रिलिज भएको छ ।

न्युरोड महिला उत्थान मञ्चको आयोजनामा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका अधिकृत वसन्त चालिसेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कस्केली अधिकृत समाजका अध्यक्ष दुर्गा शाहा बाबा, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेष नारायण पौडेल लगायतले बोल्नुभएको थियो ।

न्युरोड महिला उत्थान मञ्चकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी तमूले गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

तनहुँको ऋषिङ झापुटारमा हुने दोस्रो राष्ट्रिय कौराहा सम्मेलनका लागि युकेबाट आठ लाख बढी रुपैयाँ आर्थिक संङ्कलन भएको छ । नेपाल मगर सांस्कृतिक संघको आयोजनामा यही

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284