ताजा खबर

गीतकार अर्जुन गुरुङको ‘गुराँस झैं फुल्न मन लाग्छ’ बजारमा सार्वजनिक

   ८ भाद्र २०७७, सोमबार ०९:१९      1,122 views

गीतकार अर्जुन गुरुङको ‘गुराँस झैं फुल्न मन लाग्छ’ गीत सार्वजनिक भएको छ । गुरुङको शब्द, संगीतमा तयार पारिएको उक्त गीत सुपर युनिक फिल्मस्को युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सुपर युनिक फिल्मस् पोखराको प्रस्तुतिमा बनेको उक्त गीतमा गायिका देवीमाया गुरुङको स्वर रहेको छ । एरेन्ज रोशन गुरुङ (रेल), साउण्ड इन्जिनियर सुवास गुरुङको छ ।

गीतमा अभिनय बेलमाया गुरुङ र साजन गुरुङको छ । बाल कलाकारमा अदित्य गुरुङ र गंगा गुरुङ, श्रृंगार आशिष गुरुङको रहेको गीतको छायांकन टेकमान गुरुङले गर्नुभएको गीतका निर्देशक प्रेमबहादुर गुरुङले जानकारी दिनुभयो ।

गीतकार अर्जुन गुरुङ

नृत्य निर्देशक राज बहादुर गुरुङ, निर्माता कुमारी गुरुङ रहनुभएको छ । सम्पादन÷निर्देशक प्रेमबहादुर गुरुङको छ । गीतकार अर्जुन गुरुङले यसअघि पनि नैनी ताल, तपाइ हाम्रो बिश्वस, नरुझ धेरै, अङ्गालोमा र नक्कली बजारमा ल्याइसकेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284