ताजा खबर

गीतसंगीतमा रमाएकी ललिता पुन मगर

   ८ माघ २०८०, सोमबार १६:५८      3,168 views

मीना थापा मगर
माघ ८, पोखरा

“गीतसंगीत मेरो लागि भगवानको वरदान हो, जीवनको हरेक क्षणको साथी भनेको गीत संगीत हो” भन्छिन् गायिका ललिता पुन मगर । नेपाली सुगम संगीत र लोक संगीत दुवैमा उत्तिकै स्वर दिन सक्ने प्रतिभा हुन् ललिता ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ मा बुबा बलबहादुर पुन र आमा संगिता पुनको पहिलो सन्तानको रुपमा जन्मिएकी ललिताको लागि गीतसंगीत नै जिउने आधार बनिदियो । विगत आठ वर्ष अघि पोखरा आएदेखि नै यो क्षेत्रलाई पेशाको रुपमा आँगालेकी लालिता अहिले निरमाया दोहोरी साँझमा काम गर्छिन् ।


‘भेट भो माया गधुली साँझैमा राखौं कि त कलेजी माझैमा” अहिलेको चर्चित लोकगीतमा स्वर रहेको छ ललिताको । यो गीतमा त गायिका भन्दा गायकहरुको चर्चा बढी देखिन्छ नि भन्ने प्रसंगमा उनी भन्छिन् “पुरानो र नाम चलेको कलाकारहरुसँग गाउँदा उहाँहरुको नामले नै बढी चर्चा कमाउने त गर्छ तर पनि मेला, महोत्सवमा जाँदा मेरो गीत हो भनेर गाउन पाउँदा खुसी लाग्छ ।”

यसअघि ‘चढाएर डोली’ उनको एकल स्वर रहेको लोक आधुनिक गीत आफ्नै लगानीमा निर्माण भएको छ । ‘संगै बसम भो’, ‘सुन्दर खिवाङ गाउँ’, ‘लाइदेउ माया’, ‘ए सानु’, ‘तिजैको रमझम’, ‘कालीमा आयो रहुघाट’ लागयत गितमा स्वर दिएकी पुनले कौडा, सालैजो आदि गीतहरु बजारमा ल्याइसकेकी छिन् । सुरुमा पेशाको रुपमा अंगालेको क्षेत्रलाई अवसरको रुपमा लिएकी पुनले छोटो समयमा नै गीतसंगीत बारे धेरै बुझ्ने र सिक्ने मौका पनि पाएको बताउँछिन् ।


विगत ४ वर्षदेखि विभिन्न स्थानमा हुने मेला महोत्सवमा पनि गाएर दर्शकलाई मनोरञ्जन दिँदै पनि आएकी छिन् उनले । दोहोरी साँझमा गाउँदा र मेला महोत्सवमा गाउँदा फरक अनुभव रहेको बताउँदै भन्छिन् “दोहोरीमा प्रायः आइरहने सिमित दर्शक÷ग्राहकहरु हुन्छन् ।

महोत्सवमा हजारौ दर्शकको अगाडि गाउँदा सुरुसुरुमा अलि असहज त हुन्छ नै । तर त्यही स्टेजबाट दर्शकको ताली र हौसला पाउँदा एकदमै उत्साहित हुन्छु । स्टेज प्रोग्राम एकदम रमाइलो लाग्छ । मेरो कला प्रतिभालाई माया र सम्मान गरेर आयोजकहरुले बोलाइरहनुहुन्छ । यही मिडियामार्फत म उहाँहरुप्रति आभार प्रकट गर्न चाहन्छुु ।”


पहिला पहिला कला र प्रतिभा भएपनि बाहिर निस्किन डराउने, खुलेर आउन नसक्ने अवस्था थियोे तर अहिले त्यो जमाना छैन । आफूसँग प्रतिभा छ भने अवसर र माध्यम धेरै छन्, उनी भन्छिन् “अहिलेको समाजले कलाकारलाई सम्मान र इज्जत गर्छन् । आफू र आफ्नो कामलाई कस्तो बनाउने भन्ने कुरा आफैमा पनि भर पर्छ ।”


जुन कामको पनि निरन्तरताको लागि हौसला र प्रेरणा नै महत्वपूर्ण हुन्छ । उनी अभिभावक र शुभचिन्तकहरुलाई प्ररणाको स्रोतको रुपमा लिन्छिन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

795 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284