ताजा खबर

गुठी विधेयक खारेजीको माग गर्दै काठमाडौमा विशाल जन प्रदर्शन

   ४ असार २०७६, बुधबार १५:०३      970 views

काठमाडौँ — सरकारले  गुठी विधेयक फिर्ता लिएको घोषणा गरे पनि उपत्यकाका गुठियारहरुले त्यसबाट चित्त बुझाएनन् । गुठी विधेयक फिर्ता लिएर मात्रै नपुग्ने भन्दै यसलाई खारेज नै गर्नुपर्ने  उपत्यकाबासीहरूकाे माग छ ।

भूमि व्यवस्था मन्त्री पदमा अर्यालले मंगलबार पत्रकार सम्मेलन गरेर गुठी विधेयकमा थप छलफल गर्नुपर्ने भएको बताउँदै फिर्ता लिएको घोषणा गरेकी थिइन् । मन्त्री अर्यालको निर्णयलाई समर्थन गर्ने प्रधानमन्त्री ओलीले बताएका थिए ।

तर, सरकारले विधेयक फिर्ता लिए पनि बुधबार काठमाडौंको माइतीघरमा दिनभर विरोध प्रदर्शन भयो, जहाँ आन्दोलनकारीहरुले विधेयक फिर्ता लिएर मात्रै आन्दोलन नरोकिने बताउँदै विधेयक खारेजी आफ्नो बटमलाइन भएको घोषणा गरे । सरकारले विधेयक खारेज गरेको घोषणा नगरेसम्म आन्दोलन नरोकिने प्रदर्शनकारीहरुले बताए।

बुधबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट निस्केको जुलुस माइतीघर मण्डलामा आइपुगेर सभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा सहभागीहरुले एकै स्वरमा आफ्नो बटमलाइन सुनाए, ‘सरकारले गुठी विधेयक फिर्ता लिएर मात्रै पुग्दैन, फिर्ता नलिँदासम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

माइतीघर मण्डलामा उपत्यकाका ४० भन्दा बढी गुठीहरूका तर्फबाट सहभागिता जनाइएको थियो । प्रदर्शनका कारण उपत्यकाको यातायात व्यवस्थासमेत अस्त व्यस्त भएको थियो ।

। केही तस्बिरहरु

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284