ताजा खबर

गुरुङ चलचित्रकर्मीको पहलमा पोखरामा पहिलोपटक लिम्बु चलचित्र के (च्याब्रुङ) प्रदर्शन

   १० श्रावण २०७६, शुक्रबार १२:३८      2,391 views

लिम्बु जातिको साँस्कृतिक नाच के (च्याब्रुङ) मा आधारित भएर निर्माण गरिएको चलचित्र के अर्थात च्याब्रुङ आज पोखरामा प्रदर्शन भएको छ ।

सागर केरुङद्धारा निर्देशन गरिएको चलचित्रले गत जेठमा काठमाडौंमा सम्पन्न भएको आदिवासी चलचित्र महोत्सवमा उत्कृष्ट चलचित्रको उपाधी जितेको थियो । चलचित्रले आदिवासीको संकृतिलाई राज्यले कसरी दमन गरेको छ भन्ने कुरालाई मुख्य रुपमा उठान गरेको छ ।

लिम्बु जातिको याक्थुङहरुले बजाउने साँस्कृतिक बाजा बनाउन प्रतिरोध गरेको विषयलाई मार्मिक ढंगले चलचित्रमा प्रस्तुत गरिएको छ । गाई अथवा गोरुको छालाबाट मात्रै बन्ने उक्त बाजा बनाउन मृत गाई, गोरुको छाला प्रयोग गर्दा पनि पटक पटक यो जातिलाई गाई मारेको अरोपमा जेल सजाय दिइएको छ । र यो प्रचलन अहिले पनि कायमै रहेको भन्दै राज्यले धर्मको नाममा लिम्बु जातिको संस्कृतिलाई नै मास्ने काम गरेको भन्दै आफूहरुलाई आहित हुने संविधानको विरुद्धमा उत्रने चेतावनी समेत दिइएको छ ।

यो सँगै चलचित्रले एउटै संविधानभित्र बाँधिएका नेपालीहरु मध्ये पूर्वका याक्थुङहरु कस्तो खाले जीवन बाँचिरहेका छन् र आफूहरुको मुन्धुम संस्कृति के हो भन्ने कुरालाई प्रष्ट रुपमा देखाउन खोजिएको छ ।


किराँत याक्थुङ चुम्लुङ र लिम्बु साँस्कृतिक मञ्च कास्कीको आयोजनामा भएको चलचित्र प्रदर्शन कार्यक्रममा लिम्बु साँस्कृतिक मञ्च कास्कीका अध्यक्ष धनबहादुर लिम्बुले चलचित्रका निर्देशक सागर केरुङ र कलाकारहरु बबिता पाम्बो, लक्ष्मी लिम्बु र मौसम इन्दुङलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

चलचित्र प्रदर्शन अघि आफनो मन्तव्य राख्दै निर्देशक सागर केरुङले अहिलेसम्म पूर्वका लिम्बु चलचित्रहरु काठमाडौं नाघेर पश्चिम आउन नसकि रहेको अवस्थामा पहिलो पटक आफनो चलचित्रलाई पोखरासम्म ल्याएर प्रदर्शन गर्ने मौका दिएको भन्दै आयोजक र समन्वय कर्ता गुरुङ फिल्म एशोसियशन नेपाल (जिफान)लाई धन्यवाद दिनुभयो । यसले साँस्कृतिक आदन प्रदानमा ठूलो सहयोग पुग्ने उहाँको भनाई छ ।

गुरुङ फिल्म एशोसियशन नेपाल जिफान र सम्पूर्ण गुरुङ चलचित्रकर्मीहरुको पहलमा चलचित्रलाई पोखरामा प्रदर्शन गर्ने वातावरण मिलाएको तथा यसले आउनेदिनमा आफनै देशभित्रको र अन्तरजातिय संस्कृतिलाई एकअर्कामा आदन प्रदान गर्न विशेष भूमिका खेल्ने गुरुङ फिल्म एशोसियशन नेपाल जिफानका उपाध्यक्ष भोजबहादुर गुरुङले बताउनु भयो ।

जिफानका महासचिव गमन घलेले सञ्चालन गर्नुभएको कार्यक्रममा पोखराका लिम्बु समुदायको चलचित्र हेर्न बाक्लो उपस्थिती रहेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284