ताजा खबर

गुरुङ चलचित्रको इतिहास २५ वर्ष पुरा, रजत जयन्तीमा गण्डकी प्रदेशको राहत कोषमा ५० हजार सहयोग

   २३ बैशाख २०७७, मंगलवार १६:३९      1,482 views

गुरुङ चलचित्र निर्माणको शुरुवात भएको आज २५ वर्ष पुरा भएको छ ।

आफनो रजत जयन्तीको अवसरमा गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था गुरुङ फिल्म एशोसियशन नेपाल (जिफान) ले गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण राहात कोषमा आज नगद ५० हजार आर्थिक सहयोग गरेको छ ।

आजकै दिन अर्थात वैशाख २३ गते पहिलो गुरुङ चलचित्र पाते (माइली) को शुभ मुहूर्त भएको थियो भने सोही वर्ष नै न्हाम्स्यो न्होरी (कुहिरो भित्र) र स्वदेशको माटो विदेशको पिडा निर्माण भएको थियो ।


रजत जयन्तीको उपलक्ष्यमा आज देशको विषम परिस्थितीले गर्दा कुनै कार्यक्रम गर्न नसकेता पनि कोरोनाको कहर सकिएपछि जिफानले एक औपचारिक कार्यक्रमको आयोजना गरि पाते चलचित्रका निर्देशक युवराज मास्की, स्वदेशको माटो विदेशको पिडाका निर्देशक गोरे गुरुङ र न्हाम्स्यो न्होरी चलचित्रका निर्देशक क्या.स्व.मिनबहादुर गुरुङलाई मरोणोपरान्त सम्मान गर्ने जिफानका अध्यक्ष भोजबहादुर गुरुङले जानकारी दिनुभयो ।

आज सहयोग रकम ग्रहण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू सधै गुरुङ चलचित्र र चलचित्रकर्मीलाई माया गर्ने व्यक्ति भएको भन्दै अब निर्माण हुने गुरुङ चलचित्रहरुले कथा, वस्तु, बजार, प्रविधि सबै कुरामा फड्को मार्नुपर्ने बताउनुभयो ।

रजत जयन्तीको अवसरमा गुरुङ चलचित्रकर्मीहरुलाई आउने दिनमा अझै सृजनशील भएर काममा लाग्न उहाँले शुभकामना समेत दिनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा जिफानका संस्थापक अध्यक्ष माओत्से गुरुङ, वर्तमान अध्यक्ष भोजबहादुर गुरुङ, महासचिव मनोज गुरुङ र कोषाध्यक्ष प्रेम गुरुङको उपस्थित रहेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284